२०८२ भाद्र १३ शुक्रबार
LATEST NEWS
२०८२ भाद्र १३ शुक्रबार

राप्रपाले सदन बहिस्कार गरेको दिनको बैठक भत्ता नलिने

काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन बहिस्कार गरेको दिनको बैठक भत्ता नलिने भएको छ । सोमबार राप्रपा संसदीय दलले एक निर्णय गर्दै आइतबार बसेको प्रतिनिधि सभा बैठक राप्रपाले बहिस्कार गरेकाले सो दिनको बैठक भत्ता उपलब्ध नगराइदिन संसद सचिवालयलाई अनुरोध गरेको छ । 

आइतबार बसेको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर सदनमा राप्रपाले विरोध जनाएको थियो । विरोधकै बेला पनि सभामुख देवराज घिमिरेले पेलेरै सदन अघि बढाएका कारण राप्रपाका सांसदहरु बैठक बहिस्कार गरि हिँडेका थिए । 

Ncell 2
Ncell 2

उक्त दिनको बैठक भत्ता राजस्वमा फिर्ता हुने गरी व्यवस्था मिलाइदिन संसद सचिवालयलाई राप्रपाले अनुरोध गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बहिस्कार गरेको दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रुपमा उचित नहुने भएकाले उक्त निर्णय गरिएको बताएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट