२०८२ असार २ सोमबार
LATEST NEWS
२०८२ असार २ सोमबार

इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

तेल अभिब। गाजामा हमास बिरूद्धको हमलापछि इजरायलले इरानविरुद्ध पनि युद्धको मोर्चा खोलेको छ। पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो। जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ।

यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बीचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन्।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहुले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो बैबाहिक कार्यक्रम रोकिएको छ।

र, केही दिनअघि पनि इजरायली प्रधानमन्त्री र उनको परिवारको निकै आलोचना भएको थियो। नेतान्याहु र उनको परिवारका केही तस्विरहरू  सामाजिक सञ्जालमा भाइरल भएका थिए, जसमा उनीहरू सबै छुट्टीको मुडमा देखिएका थिए जबकी देश युद्धको चपेटामा परिरहेको छ।

गाजामा एकातिर इजरायली नागरिक अझै पनि बन्धकमा छन् भन्ने धेरैले उनीहरूले छुट्टी मनाएको भन्दै तिब्र आलोचना गरेका थिए तर अर्कोतर्फ इजरायली प्रधानमन्त्रीले आफ्नो परिवारसँग छुट्टी मनाउँदै छन्।

उही समयमा जब नेतान्याहु परिवारले छोराका विवाह समारोहको तयारी गरिरहेको थियो, इजरायलले गत शुक्रबार इरानमा आक्रमण गर्‍यो। जवाफमा, इरानले पनि सयौं ड्रोन र मिसाइलले राजधानी तेल अभिव, जेरूसलम र हाफिजालगायतमा बिनाशकारी हमला गरेको थियो।


सामाग्री श्रोत :

इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट