२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

प्रत्येक भिभो भी ५० लाइट स्मार्टफोन बिक्रीमा ५० रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रले पाउने

 

काठमाडौँ । भिभो नेपालले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाइटको बिक्रीबाट उठेको रकम राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ परियोजनालाई दिने घोषणा गरेको छ । ‘न्यानो नानी’ एक स्थानीय रूपमा डिजाइन तथा निर्मित प्रविधि हो, जसले नेपालका दुर्गम तथा शीत क्षेत्रहरूमा रहेका समय अगावै जन्मिएका वा कम तौलका नवजात शिशुहरूलाई जीवनदायिनी ताप प्रदान गर्दछ । 

आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले भिभो भी ५० लाइट स्मार्टफोनको पहिलो ५० दिनभित्र बिक्री हुने प्रत्येक युनिटबाट ५० रुपैयाँ  ‘न्यानो नानी’ परियोजनालाई सहयोग स्वरूप प्रदान गर्ने बताएको छ । यही जेठ १२ गते सार्वजनिक भएको यो फोनको मूल्य नेपाली बजारमा ३७ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

६,५०० एमएएचको ब्लु वल्ट ब्याट्री रहेको फोनमा ९० वाटको फ्ल्याश चार्जिङ प्रविधि दिइएको छ । ६.७७ इन्चको १२० हर्ज अल्ट्रा भिजन पी–ओलेड डिस्प्लेसहित फोनमा प्रिमियम डिजाइन, ग्लो रिङ क्यामेरा मोड्युल र हाई-ग्लास मेटालिक फ्रेम जस्ता विशेषता छन् ।

भी ५० लाइटमा ५० मेगापिक्सेलको सोनी आई मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । साथै, एआई इरेज, एआई फोटो इनह्यान्स जस्ता स्मार्ट फोटोग्राफी टुलले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने कम्पनीको दाबी छ ।

प्रोसेसरका हिसाबले फोन मिडियाटेक डाइमेन्सिटी ६३०० (फाइभजी) र स्न्यापड्रागन ६८५ (फोरजी) गरी दुई भेरियन्टमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असार १, २०८२ १५:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट