२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

गण्डकीको बजेट ३१ अर्ब ९७ करोड ९९ लाख

कास्की– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

आर्थिक मामिला मन्त्री टकराज गुरुङले आइतबारको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षभन्दा ९९ करोड ८५ लाख ७६ हजार रुपैयाँ कम रकमको बजेट सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षमा सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार, पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार र वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ ३९.५ प्रतिशत, पुँजीगततर्फ ५९.७ र ०.८ प्रतिशत विनियोजन गरिएको हो । कुल विनियोजनमध्ये १ करोड ५४ लाख ५२ हजार रुपैयाँ सरकारको कोषलाई भार पर्ने मन्त्री गुरुङले बताए ।

Ncell 2
Ncell 2

आगामी आर्थिक वर्ष वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ७३ करोड ८९ लाख, सशर्त अनुदानबापत ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानबापत ६३ करोड ९७ लाख, विशेष ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ । यस्तै राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँडबाट ४९ करोड ८९ लाख ७७ हजार र आन्तरिक आम्दानीबाट ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट २ अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने अनुमान रहेको मन्त्री गुरुङले बताए ।

आगामी आर्थिक वर्षका लागि अपुग हुने रकममध्ये १ अर्ब ७५ करोड आन्तरिक ऋणबाट पूर्ति गरिनेछ । हालसम्म कानुनी र संस्थागत व्यवस्थाको अभावमा आन्तरिक ऋण संकलन नगरिएकोमा आगामी आर्थिक वर्ष ऋण परिचालनका लागि आवश्यक व्यवस्था गरिने मन्त्री गुरुङले बताए । उक्त ऋण रकम उत्पादनमूलक, रोजगारी सिर्जना र उच्च प्रतिफलयुक्त योजनामा खर्च गरिने उनको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षमा ल्याएको बजेटमध्ये जेठ मसान्तसम्म ४८.०६ प्रतिशत खर्च भएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट