२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

एनसेलको नयाँ अफर, हरेक हप्ता १० लाख अनि बम्परमा १ करोड जित्ने मौका

काठमाडौँ । एनसेलले आफ्ना सधैँ अन सेवाका ग्राहकका लागि नयाँ अफर ल्याएको छ । आज, १ असारदेखि सुरु भएको ‘सधैँ अन करोडपति’ नामक यो अफर आगामी १२ हप्तासम्म चल्नेछ । यसअन्तर्गत ग्राहकले हरेक हप्ता १० जनाले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्न सक्नेछन् भने बम्पर उपहारको रुपमा एकजना ग्राहकले १ करोड रुपैयाँ जित्ने मौका पाउनेछन् कम्पनीले जनाएको छ । 

यसका साथै प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनस स्वरूप प्राप्त गर्ने कम्पनीको भनाइ छ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा, जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्नेछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, ५ वटा टिकट प्राप्त हुनेछ । यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । 

सेवा खरिद गर्ने बित्तिकै प्राप्त टिकट हेर्न मिल्ने लिंक तुरुन्त सोही नम्बरमा एसएमएसमार्फत पठाइने कम्पनीको भनाइ छ । अथवा एनसेल एपमार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफूले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले उल्लेख गरेको छ ।

साथै रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका पाउने कम्पनीले बताएको छ । उदाहरणका लागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा एउटा टिकट प्राप्त हुनेछ भने सो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले दुई वटा टिकट पाउनेछन् ।

कम्पनीका अनुसार कुनै पनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् ।

यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिने छन् । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधै सम्पर्क गर्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असार १, २०८२ ११:३१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट