२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

इरानमा इन्टरनेट अस्थायी रूपमा बन्द, एलन मस्कले उपलब्ध गराए स्टारलिङ्कको सेवा

काठमाडौँ । स्पेसएक्सका संस्थापक एलन मस्कले इरानमा आफ्नो स्याटेलाइटमा आधारित इन्टरनेट सेवा ‘स्टारलिङ्क’ सुचारु गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै मस्कले स्टारलिङ्ककको इन्टरनेट उपलब्ध गराएको पुष्टि गरेका हुन् ।

इजरायलले इरानका आणविक केन्द्रमा हमला गरेपछि त्यहाँको इस्लामिक सरकारले इन्टरनेट सेवामाथि अस्थायी प्रतिबन्ध लगाएको थियो । यस्तो अवस्थामा इन्टरनेट सेवा नै अवरुद्ध भएपछि मस्कले यो कदम चालेका हुन् ।

द जेरुसेलम पोस्टका अनुसार इरानको सञ्चार मन्त्रालयले देशव्यापी रूपमा इन्टरनेट सेवामा अस्थायी प्रतिबन्ध र अवरोधको घोषणा गरेपछि मस्कले यस्तो घोषणा गरेका हुन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, “देशको विशेष परिस्थितिलाई ध्यानमा राख्दै, इन्टरनेटमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।”​​

स्टारलिङ्क स्पेसएक्सले निर्माण गरेको स्याटेलाइटमा आधारित इन्टरनेट प्रणाली हो । यसले शहरदेखि इन्टरनेटको पहुँच कठिन हुने ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउँछ । पृथ्वीको नजिकै परिक्रमा गर्ने यी स्याटेलाइटले तीव्र गतिमा इन्टरनेट प्रदान गर्न मद्दत गर्छन् ।

पछिल्लो अध्यावधिक: असार १, २०८२ १०:५०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट