२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

सप्तरीमा आइतबारदेखि अनलाइन नागरिकता सिफारिस सुरु

काठमाडौँ । नेपाली नागरिकता वितरण प्रक्रिया प्रविधिमैत्री बनाउने उद्देश्यले सप्तरी जिल्लामा आइतबारदेखि अनलाइन नागरिकता सिफारिस प्रक्रिया सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले असार १ गतेदेखि केन्द्रीय नागरिकता सूचना प्रणाली (CCIMS) को माध्यमबाट अनलाइन सिफारिस सुरु गरेको हो ।

गोरखापत्रमा प्रकाशित समाचारका अनुसार सप्तरीका सबै १८ पालिकाले अबदेखि नागरिकता सिफारिसका लागि अनलाइन प्रणाली प्रयोग गरी सिफारिस पठाउनेछन् । गृह मन्त्रालयले जेठ २६ गते सबै स्थानीय तहहरूलाई अनलाइन नागरिकता सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको थियो । 

यससँगै नागरिकता लिन जिल्ला प्रशासन कार्यालय आउने सेवाग्राहीले अब सम्बन्धित पालिकाको वडा कार्यालयबाट अनलाइन सिफारिस लिएर आउनुपर्नेछ।

प्रशासकीय अधिकृत जितेन्द्रकुमार पासवानका अनुसार दुई महिनाअघि देखि अनलाइन सिफारिस प्रणालीका लागि तयारी सुरु गरिएको थियो । यस क्रममा जिल्लाका सम्पूर्ण स्थानीय तहका जनशक्तिलाई आवश्यक तालिम दिइसकिएको पनि उनले जानकारी दिए ।

यस प्रणाली लागू भएसँगै नागरिकता सिफारिस प्रक्रिया थप छरितो, सुरक्षित र पारदर्शी हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार १, २०८२ ९:२१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट