२०८२ असार १ आईतवार
LATEST NEWS
२०८२ असार १ आईतवार

बझाङको बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय ३ दिने योग शिविर

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय ३ दिने योग शिविर सम्पन्न भएको छ । गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने योग शिविर जेष्ठ २७ गते देखि सञ्चालन भएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना, बित्थडचिर गाउपालिकाको समन्वयमा भएको उक्त शिविरमा सैयोको संख्यामा त्यहाँका स्थानीयहरुले सेवा लिएका छन्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मिन राज पुरीको अध्यक्षतामा सम्पन्न भएको शिबीरमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बिष्ट ,जनप्रतिनिधि , कर्मचारीहरू सहितको बाक्लो उपस्थिति रहेको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी कृष्ण बहादुर कठायतले सञ्चालन गरेको कार्यक्रममा योग कक्षा सञ्चालन मोहन बहादुर मल्ल र बम बहादुर बुढाले गरेका थिए।

शिविरमा योग प्रशिक्षकहरूको भनाइअनुसार मानव योगको अधारमा जीवन यापन गर्न सके ९५% रोग बाट मुक्ति पाउने निश्चित भएको बताएका छन भने रोगीले सजिलै रोग बाट मुक्ति समेत पाएको उनले बताए ।

योगले मानिसलाइ शारीरिक र मानसिक दुबै हिसाबले स्वस्थ राख्न सहयोग गर्ने भएकाले सबैले दिनमा एक घण्टा व्यायाम गर्न आवश्यक रहेको कार्यालय प्रमुख पुरीले बताए।

स्वस्थ क्षेत्र प्रति स्थानीय सरकार गम्भीर रहेको र यसका लागी जनहितमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेकोले पालिकाले गरेको सूचना प्रति नागरिक पनि गम्भीर हुन जरुरी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बिष्टले बताए। साथै शिविरमा पालिका बासी उल्लेखनीय रूपमा सहभागी भइ सेवा लिनु आउनु भएका सम्पूर्ण सेवाग्राहीहरूलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् । शिविरमा सहज व्यायाम, सूर्य नमस्कार, परम्परागत व्यायाम, प्राणयाम ध्यान बारे जानकारी गराइएको थियो ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट