ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।

कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणकालागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परीसकेकाले करिव १७ लाख आवेदकको हात खाली हुने छ ।
सामाग्री श्रोत :
