काठमाडौँ । गुगलले एन्ड्रोइडबाट इन्स्ट्यान्ट एपहरू यही वर्षको अन्त्यदेखि बन्द गर्ने भएको छ । इन्स्ट्यान्ट एपको प्रयोगकर्ता कम भएपछि कम्पनीले यस्ता एपहरू बन्द गर्ने निर्णय लिएको हो ।

सन् २०१७ मा कम्पनीले इन्स्ट्यान्ट एपको सुरुवात गरेको थियो । यस्ता एपको अवधारणा डाउनलोड नगरी गुगल प्ले इन्स्ट्यान्टमा नै लिंक क्लिक गरेपछि सिधैँ प्रयोग गर्न पाउने भन्ने थियो । यो विशेषगरी गेमिङमा निकै चल्यो । उदाहरणका लागि इन्स्ट्यान्ट गेमिङ एप प्रयोग गर्न प्रयोगकर्ताले सो एप डाउनलोड गरेर इन्स्टल गर्नुपर्दैन थियो । प्ले इन्स्ट्यान्टमा नै सोझै गेम खेल्न सकिन्थ्यो ।
सो एप मनपरेको खण्डमा पछि त्यसलाई इन्स्टल गर्न सकिन्थ्यो । तर अब यस्ता प्रयोगकर्ताको संख्या कम भएपछि कम्पनीले यस प्रकारको एपहरू बन्द गर्ने भएको हो । सन् २०२५ को डिसेम्बरदेखि यस्ता एप बन्द हुने अनुमान गरिएको । द भर्जमा प्रकाशित एक समाचारका अनुसार कम्पनीकी प्रवक्ता निया कार्टरले यो कुराको पुष्टि गरेकी छन् ।
डेभलपरहरूले प्रोयगकर्तालाई एप खोज्न सहज बनाइदिनका लागि विभिन्न एआई टुलहरू प्रयोग गरिरहेको अवस्थामा अब यस्ता इन्स्ट्यान्ट एपहरूको औचित्य नभएको उनले बताएकी छन् ।

पछिल्लो अध्यावधिक: असार १, २०८२ ९:१५
सामाग्री श्रोत :
टेक पाना