२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

नेपाली फुटबलर रेखा आबद्ध आबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि

काठमाडौँ – नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर रेखा पौडेल आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक लिगमै उपाधि जित्न सफल भएकी छन् । उनी सम्मिलित आबुधाबी कन्ट्री क्लबले अपराजित यात्रा गर्दै यूएई महिला लिगको उपाधि जितेको हो ।

आबुधाबी कन्ट्री क्लबले लिगका सबै सात खेलमा जित दर्ता गर्दै २१ अंकसहित उपाधि उचालेको हो । कुल ८ टोली सहभागी लिगमा आबुधाबीले एकपक्षीय प्रदर्शन गर्दै उत्कृष्ट नतिजा निकालेको हो ।

Ncell 2
Ncell 2

यो उपाधि क्लबको लिग इतिहासमा ११औँ पटकको च्याम्पियन बनेको हो । प्रतिस्पर्धी टोली इम्पायरले १५ अंक जोड्दै दोस्रो स्थानमा स्थान बनाएको छ । उसले एक खेल खेल्न अझै बाँकी छ । रेखाको योगदानसहितको उपाधि जित नेपाली महिला खेलाडीका लागि प्रेरणादायी उदाहरण बनेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट