२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

अमेरिकाज गट ट्यालेन्टमा रोबोट कुकुरहरूको नृत्य, एउटा लडे पनि अरूले ताल सम्हाले (भिडिओ सहित)

काठमाडौँ । बोस्टन डाइनामिक्सको चर्चित रोबोट कुकुर ‘स्पट’ले अमेरिकाको लोकप्रिय रियालिटी शो ‘अमेरिकाज गट ट्यालेन्ट’ (America’s Got Talent) मा पहिलोपटक सांगीतिक प्रस्तुति दिएको छ । क्विन ब्यान्डको चर्चित गीत ‘Don’t Stop Me Now’ मा पाँच ओटा ‘स्पट’ रोबोटले ताल मिलाएर नृत्य गरेका थिए ।

प्रदर्शनको क्रममा पछाडि लाइनमा रहेको एउटा रोबोट अचानक बिग्रिएर लडे पनि बाँकी चार रोबोटले आफ्नो नृत्य रोकेनन् । बोस्टन डाइनामिक्सले यस्तो परिस्थिति आउन सक्ने अनुमान गर्दै पहिल्यै कोरियोग्राफी आफैं सम्हाल्ने प्रविधि समावेश गरेको बताइएको छ

प्रस्तुतिका क्रममा रोबोट कुकुरहरूले आफ्ना पाखुरा प्रयोग गरेर फ्रेड्डी मर्करीको गायनमा लिप-सिङ्क पनि गरेका थिए । उक्त नृत्य देखेर दर्शक र निर्णायकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

कार्यक्रमका होस्ट टेरी क्रुजले प्रदर्शनपछि बोस्टन डाइनामिक्सका प्रतिनिधिलाई सोधे, “के तपाईंहरू साँच्चिकै यो भविष्य देखिरहनु भएको हो ? मानिसहरूले घरमै यस्ता रोबोट पाल्ने ?”

प्रतिनिधिको जवाफ थियो, “हामीलाई यो नै भविष्य हो भन्नेमा गहिरो विश्वास छ ।”

स्पटको टोलीले रोबोटलाई नाच्नका लागि ‘Choreographer’ नामक विशेष सफ्टवेयर प्रयोग गरेको हो । यो सफ्टवेयर प्रयोग गर्न सजिलो छ, जसमा ड्र्याग-एण्ड-ड्रप प्रविधि समावेश गरिएको छ ।

कोरियोग्राफर तथा रोबोट इन्जिनियर एरिक ह्विटम्यानले ब्लगमा भनेका छन्, “मानव नर्तकहरूका लागि कोरियोग्राफी गर्न सजिलो हुन्छ, तर रोबोटका लागि सबै कुरा पूर्वनिर्धारित र स्क्रिप्ट अनुसार हुनु पर्छ । उनीहरू स्वतन्त्र रूपमा कुनै कुरा अपनाउँदैनन्, तर एकपटक सही प्रोग्रामिङ भयो भने त्यो सधैं ठीक ढंगले दोहोरिन्छ ।”

स्पटको प्रस्तुतिले सबै चारै निर्णायकबाट ‘यस’ मत प्राप्त गरेको छ, जसका कारण यो रोबोट टोली अर्को चरणमा पुग्न सफल भएको छ ।

यसअघि पनि सन् २०२१ मा बोस्टन डाइनामिक्सले आफ्नो रोबोटले के-पप ब्यान्ड बीटीएसको गीत “IONIQ: I’m On It” मा नृत्य गरेको भिडिओ सार्वजनिक गरिसकेको थियो ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ २२:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट