२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुन्छः नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदको गतिरोध अन्त्यका लागि माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुने बताएका छन्।

शनिबार काठमाडौंमा माओवादी दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशन उद्घाटन गर्दै श्रेष्ठले माओवादी र एमालेबीच भएको दुई बुँदे सहमतिपछि विभिन्न प्रतिक्रियाहरु आइरहेको भन्दै यसबारे पार्टीमा समिक्षा हुने बताएका हुन्।

यसबारेमा पार्टी अध्यक्ष प्रचण्डसंग छलफल हुन नपाएको उल्लेख गर्दै उनले दुई बुँदे सहमति माओवादीको सुशासनको अभियानलाई हित पुग्ने गरी भयो कि भएन भन्नेमा छलफल हुने धारणा राखे।

श्रेष्ठले भ्रष्टाचारविरुद्ध माओवादी निरन्तर लड्दै आएकाले भिजिट भिसासम्बन्धी मुद्दालाई त्यसै नछाड्ने बताए। प्रचण्डले समग्र लेखाजोखा गरेर नै सहमति गर्ने निष्कर्षमा पुगेको हुन सक्ने श्रेष्ठले बताए।


सामाग्री श्रोत :

माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुन्छः नारायणकाजी श्रेष्ठ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट