२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

अहमदावाद विमान दुर्घटना, मृतकको संख्या २७५ पुग्यो

काठमाडौं– बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनामास्थलमा शनिबार थप उक शव फेला परेको छ । बिजे मेडिकल कलेजको होस्टलबाट खण्डहर हटाउँदै गर्दा विमानको पुच्छरमा फसेको एक शव फेला परेको हो ।

पोस्टमार्टमपछि उक्त शव एयर होस्टेजको रहेको पुष्टि भएको छ । यता दुर्घटनामा मरेका व्यक्तिहरुको डीएनए परीक्षणको काम जारी रहेको छ । सिभिल अस्पतालबाहिर मृतकका परिवार जम्मा भएका छन् ।

Ncell 2
Ncell 2

अस्पतालमा अहिलेसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम भइसकेको छ । यसबाहेक २३० जनाको डीएनए स्याम्पलिङ पनि गरिएको छ । आड शवको शनाखत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त दुर्घटनामा अहिलेसम्म २७५ जनाको मृत्यु पुष्टि भएको छ । विमानमा क्रू र यात्री गरी २४२ जना सवार थिए । जसमध्ये एक जना मात्र बच्न सफल भएका छन् ।

बिजे मेडिकल होस्टलमा रहेका ३४ जनाको मृत्यु भएको छ । जसमा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ थिए । शनिबार अहमदावादबाट उडेको जहाज दुई मिनेटमै होस्टलको बिल्डिङमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट