जाजरकोट – जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार नलगाड नगरपालिका–७ खगेनकोटस्थित जाजरकोट–डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते विनोद र १९ वर्षीय जयबहादुर परियारलाई उद्धार गरी उपचारका लागि प्रहरीले नगर अस्पताल दल्ली पठाएको थियो । दल्लीमा प्राथमिक उपचारपछि दुवैलाई रुकुमपश्चिमस्थित चौरजहारी मिसन अस्पताल पठाइएको थियो ।
चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा चालक विनोदलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए । जयबहादुरलाई थप उपचारका लागि नेपालगन्ज पठाएको उनले जानकारी दिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ