पोखरा– बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

बागलुङ ढोरपाटन नगरपालिका–५ बतासेडाँडास्थित ढोरपाटन सालझण्डी खण्डमा शुक्रबार लु.प्र.०१–००१ च १७७५ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
मृतकको पहिचान खुल्न नसकेको बागलुङ प्रहरीका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। दुर्घटनामा परी १४ जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए। ३ जनाको अवस्थाको गम्भीर, १० जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ।
घाइतेलाई थप उपचारका लागि पोखरा र पाल्पा लग्ने तयारी भइरहेको थापाले उल्लेख गरे। बुर्तिवाङबाट सहीखोला जाने क्रममा उक्त बस सडकबाट करिब ६० मिटर तल खेतमा खस्न पुगेको प्रहरीले जनाएको छ। अहिले उद्दारको काम भइराखेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ