२०८२ जेष्ठ ३२ शनिबार
२०८२ जेष्ठ ३२ शनिबार

पसल फोडेर मोबाइल, ल्यापटप लगायतका उपकरण चोरी गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौँ । मोरङ प्रहरीले मोबाइल चोरीमा संलग्न तीन जनालाई ठुलो मात्रामा चोरी गरिएका मोबाइल तथा अन्य सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २६ का रोशन कुमार मण्डल, मोरङको धनपालथान गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २२ का विशाल कुमार सिंह र भारत अररिया जिल्ला घर भई हाल विराटनगर बस्दै आएका वर्ष १८ का कृष पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पछिल्लो समय जिल्लामा मोबाइल चोरीका घटनाहरू बढिरहेको सन्दर्भमा गत ११ वैशाखमा मोरङ कटहरी गाउँपालिका वडा नं. ४ नयाँ बजारस्थित ‘राज मोबाइल केयर’ नामक पसलबाट ल्यापटप, एन्ड्रोइड तथा सादा मोबाइलहरू र मर्मत गर्न राखिएका पुराना मोबाइलसेटहरू समेत चोरी भएको उजुरी प्रहरीमा परेको थियो ।

उक्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले सूक्ष्म अनुसन्धान गर्दा सो चोरीमा संलग्न विशाल कुमार सिंहलाई २७ जेठमा पक्राउ गरेको थियो । सिंहको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गर्दै २९ जेठमा विराटनगर महानगरपालिका वडा नं. ११ स्थित रोशन कुमार मण्डलको कोठामा छापा मारेको थियो ।

सो क्रममा प्रहरीले लुकाई छिपाई राखिएको अवस्थामा विभिन्न कम्पनीका नयाँ तथा पुराना मोबाइलसेटहरू, मोबाइलका पार्टपुर्जा र चोरीमा प्रयोग हुने औजारहरू समेत फेला पारेको थियो भने घटनास्थलबाट रोशन कुमार मण्डल र कृष पासवानलाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीले उनीहरूको साथबाट ८ थान सादा मोबाइल सेट, २१ थान एन्ड्रोइड मोबाइल सेट, विभिन्न कम्पनीका ५१ थान बिग्रिएका वा टुटफुट भएका मोबाइल सेट, १ थान ल्यापटपको ब्याट्री, १३ थान मोबाइल डिस्प्ले र चोरीमा प्रयोग हुने औजारहरू (डिल मेसिन, हथौडा, रड, पेचकस, पिलास) को ९ थान बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १८:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट