२०८२ जेष्ठ ३२ शनिबार
२०८२ जेष्ठ ३२ शनिबार

कम्युनिष्ट भन्ने दलहरू कुरा लेनिनको व्यवहार स्टालिनको गर्छन् : सुदन किराती

काठमाडौँ– माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँतीले नेपालका दलहरूको बोली र व्यवहारको तादम्यता नमिलेको बताएका छन्।

शुक्रवार आदिवासी जनजाति प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट भन्ने दलहरूले लेनिनको कुरा गरेर व्यवहार भने स्टालिनको गर्ने गरेको बताएका हुन्। 

‘विचार आयातित भयो। संस्कृति हिन्दु धर्मशास्त्र गीतामा आधारित मार्गदर्शन भयो। कम्युनिष्टहरूको विचार रसिया अर्थात विदेशबाट आयात भयो’, उनले भने, ‘अक्सर हामी सँधै लेनिनको फोटो राख्छौँ र लेनिनकै कुरा गर्छौँ तर व्यवहार स्टालिनको गर्छौँ।’ 

Ncell 2
Ncell 2

नेता किरातीले वीपीको देहान्तपछि कांग्रेसमा पनि विचलन आएको टिप्पणी गरे। ‘कांग्रेसले युरोप हुँदै भारतको बाटोबाट बोकेर लोकतन्त्र ल्याएर आयो। विपी बाँचुञ्जेल त सापेक्षताको केही अभ्यास हुन खोज्यो तर विपीको देहान्तपछि त्यो विचारको बन्ध्याकरण भयो’, उनले भने, ‘नेपाली माटोलाई सुहाउने नेपाली सापेक्षताको विचार निर्माण हुन सकेन।’ 

संस्कृतिमा गीताको मार्गदर्शन भएकाले त्यसमा जस्तै राजनीतिमा पनि सामूहिक ज्ञानको अभ्यास नभएको बुझाइ नेता किरातीको छ।

‘संस्कृतिमा गीताको मार्गदर्शन भयो। जहाँ सामूहिक ज्ञानको अभ्यास हुँदैन। एउटा महापुरुषले ब्रमाण्ड हाँक्न सक्छ भन्ने कथा छ’, उनले भने, ‘त्यही भएर हामी नायकको खोजी गर्छौँ। जादु जस्तै चमत्कार चाहन्छौँ। नेताहरूले पनि आफूलाई कृष्ण जस्तै भन्ठान्छन्।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट