२०८२ जेष्ठ ३२ शनिबार
२०८२ जेष्ठ ३२ शनिबार

आफू कार्यरत संस्था बाहेक अन्य ठाउँमा आफ्नो शैक्षिक प्रमाणपत्र नदिन डेन्टल हाईजेनिस्टको सूचना

काठमाडौं- नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले एक अत्यन्त जरुरी सूचना जारी गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत दर्तावाल डेन्टल असिस्टेन्ट, डेन्टल हाईजेनिस्ट तथा डेन्टल साईन्स डेन्टल हाईजेनिस्टहरुलाई  आफ्नो शैक्षिक प्रमाण पत्रको दुरुपयोग नगर्न आग्रह गरेको छ।

एसोसिएसनका अध्यक्ष माइकल देवकोटाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ,  ‘सबै दन्त स्वास्थ्यकर्मीले आफ्नो कार्यस्थलमा प्राप्त लाइसेन्स प्रमाणपत्र, डिग्री र योग्यता स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, तलब बैंकिङ प्रणालीबाट करकट्टा गरी दिनुपर्ने र श्रम ऐनअनुसारको सुविधा नपाएमा एशोसिएसन वा श्रम विभागमा उजुरी दिन सकिने उल्लेख गरिएको छ।’

सूचनामा कार्यरत संस्थाबाट राजीनामा दिएमा सम्बन्धित निकाय र एशोसिएसनलाई जानकारी दिनुका साथै उपचारसम्बन्धी भ्रामक प्रचारप्रसार नगर्न पनि अनुरोध गरिएको छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन, दफा २० अनुसार परिषदमा दर्ता नभएका व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दन्त उपचार सेवामा समावेश गर्न नपाइने कानुनी प्रावधान रहेको सूचनामा स्मरण गराइएको छ। बिना लाइसेन्स भएका व्यक्तिहरूलाई उपचारमा संलग्न गराउने कार्य गैरकानुनी भएको स्पष्ट गर्दै, यस्ता गतिविधिमा संलग्न भएमा जरिवाना र कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

एसोसिएसनले नेपालका विभिन्न भूभागमा आफूलाई डेन्टल हाईजेनिस्ट वा सिडिएस भनेर चिनाउने, गलत कोड नम्बर प्रयोग गर्ने र बिना डिग्री सेवा दिने कार्यहरू व्यापक रहेको पत्ता लागेको जनाएको छ। यस्ता अवैध कार्यप्रति सचेत रहन र त्यस्ता व्यक्तिहरूको विवरण नेपाल स्वास्थ्य व्यवसायी परिषद, जिल्ला प्रशासन कार्यालय वा एसोसिएसनको आधिकारिक पेजमा उजुरी गर्न पनि अनुरोध गरिएको छ।

सूचनामा सीटीईभीटीबाट मात्र नेपालमा डेन्टल हाईजेनिस्ट, सिडिएस र डेन्टल असिस्टेन्टको पढाइ हुने तथा धरानबाट एक मात्र ब्याच उत्पादन भएको जानकारी दिइएको छ। यसकारण अन्य संस्था वा अस्पतालमा यस्ता डिग्री प्राप्त नभएको भ्रममा नपर्न पनि अपिल गरिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट