२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

फक्सकनले भारतमा उत्पादन गरेका ९७% आईफोन सिधै अमेरिका पुगे, चीनलाई छाड्दै एप्पल !

काठमाडौँ । पछिल्लो तीन महिनामा भारतबाट निर्यात गरिएका प्रायः अधिकांश आईफोन अमेरिका पुगेका छन् । सन् २०२५ को मार्चदेखि मे महिनासम्मको अवधिमा भारतबाट निर्यात भएका फक्सकनको उत्पादनमध्ये झण्डै ९७ प्रतिशत आईफोन अमेरिका गएका हुन् ।

रोयटर्सका अनुसार सन् २०२४ को औसतमा मात्र ५० प्रतिशत आईफोन अमेरिका जान्थे । भारतको भन्सार तथ्यांकअनुसार एप्पलले भारतमा उत्पादन बढाउँदै अमेरिकालाई केन्द्रित गरी निर्यात सुरु गरेको देखिन्छ ।  यसअघि भारतबाट उत्पादित आईफोनहरू नेदरल्याण्ड, चेक रिपब्लिक, बेलायतजस्ता अन्य देशमा समेत पठाइन्थे । 

मार्चदेखि मेबिच फक्सकनले भारतबाट तीन अर्ब २० करोड अमेरिकी डलर बराबरका आईफोन अमेरिका पठाएको विवरणमा उल्लेख छ । यस अवधिमा ९७ प्रतिशत आईफोन अमेरिका निर्यात भएको पाइएको छ ।  

यही मे महिनामा मात्रै भारतबाट अमेरिका निर्यात भएको आईफोनको मूल्य करिब एक अर्ब डलर बराबरको रहेको छ । यो संख्या मार्च महिनाको १ अर्ब ३० करोड डलरको ऐतिहासिक रेकर्डपछिको दोस्रो उच्च हो । 

यो निर्यात दर चीनबाट हुने उच्च भन्सार शुल्कबाट जोगिन एप्पलले अपनाएको रणनीति हो । चीनबाट अमेरिका पठाइने फोनमा अझै पनि ५५ प्रतिशतसम्म भन्सार लाग्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ सार्वजनिक भएको थियो । त्यसको विकल्पस्वरूप एप्पलले भारतबाट फोन पठाउन थालिएको हो । 

सन् २०२५ को पहिलो पाँच महिनामा मात्रै फक्सकनले भारतबाट चार अर्ब ४० करोड डलरबराबरका आईफोन अमेरिका पठाइसकेको छ । यो रकम सन् २०२४ को पूरा वर्षको तीन अर्ब ७० करोड डलरभन्दा बढी हो । 

भारतमा एप्पलको अर्का आपूर्तिकर्ता टाटा इलेक्ट्रोनिक्सले पनि मार्च र अप्रिल महिनामा उत्पादनको ८६ प्रतिशत आईफोन अमेरिका पठाएको तथ्यांकमा देखिन्छ । सन् २०२४ मा टाटाले पहिलो पटक आईफोन निर्यात सुरु गरेको हो । 

तर, भारतमा मोबाइल फोनका पुर्जामा लाग्ने उच्च शुल्कले गर्दा उत्पादन खर्च अझै पनि उच्च छ । यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई स्मार्टफोन उत्पादनको केन्द्र बनाउने अभियान अघि सारेका छन् ।

काउन्टरपोइन्ट रिसर्चका वरिष्ठ विश्लेषक प्रचिर सिंहका अनुसार, सन् २०२५ सम्ममा विश्वव्यापी आईफोन आपूर्तिको २५–३० प्रतिशत हिस्सा भारतमा निर्मित हुने अनुमान गरिएको छ । सन् २०२४ मा उक्त हिस्सा १८ प्रतिशत मात्रै थियो । 

एप्पलले आईफोन चाँडो निर्यात गर्न चेन्नई विमानस्थलमा भन्सार प्रक्रिया ३० घण्टाबाट घटाएर ६ घण्टा बनाउन भारतीय अधिकारीहरूसँग पहल गरेको रिपोर्टमा उल्लेख छ । 

एप्पल र फक्सकनले यसबारे आफ्नो प्रश्नमा कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १५:३०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट