२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

न्यायाधीशहरुलाई गरिएको कालोमोसो प्रहारप्रति बारको विरोध

काठमाडौं। नेपाल बार एशोसिएसनले उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासमा न्यायाधीशद्वय डा खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि कालोमोसो प्रहार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त इजलासमा पुनरावेदन परेको मोहम्मद आफताव आलमविरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा अदालतबाट भएको फैसलाको विरोध भन्दै न्यायाधीशद्वय डा थारु र महर्जनमाथि कालोमोसो प्रहार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। उनीहरुमाथि आज इजलासमा नै कालोमोसो प्रहार गरिएको थियो।

‘न्यायाधीशको विवेक प्रयोगमा असर पुर्‍याउने तथ्य, प्रमाण र कानुनबाहेक अरु हुन सक्दैन, कानुन हातमा लिनेको चाहनामा इन्साफ हुन सक्दैन, गर्न मिल्दैन, इन्साफमा चित्त नबुझ्नेले पुनरावेदन गर्न पाउने हक कानुनले प्रदान गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘न्याय सम्पादन गर्ने न्यायकर्तालाई भौतिक रूपमा प्रहार गर्ने र त्यसैलाई खुसी तथा उत्सवका रूपमा मनाई मलजल गर्ने विरोधाभाष समाजमा देखापरेको छ, जुन अत्यन्त गम्भीर कुरा हो, अनपेक्षित यो घटनाको बार कडा शब्दमा भत्र्सना गर्दछ र दोषी उपर कानुनी कारबाही गर्न जोडदार माग गर्दछ।’

यस घटनाबाट विचलित नहुन सम्पूर्ण न्यायकर्तामा हार्दिक आग्रह गर्दै अदालतको सुरक्षा व्यवस्था थप चुस्त र दुरूस्त बनाउनका लागि बारले आह्वान गर्दै कानुनले प्रदान गरेको अख्तियारी प्रयोग गरी न्यायाधीशले फैसला गर्नसक्ने कुरा विज्ञप्तिमा उल्लेख छ।रासस


सामाग्री श्रोत :

न्यायाधीशहरुलाई गरिएको कालोमोसो प्रहारप्रति बारको विरोध

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट