२०८२ जेष्ठ २९ बुधबार
२०८२ जेष्ठ २९ बुधबार

एप्पल डिभाइसहरूमा गेमिङ अनुभवलाई एकै ठाउँमा ल्याउन छुट्टै ‘गेम्स’ एप सार्वजनिक

काठमाडौँ । एप्पलले नयाँ गेम्स एप सार्वजनिक गरेको छ । सोमबार वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी‍) को अवसर पारी कम्पनीले एप्पल डिभाइसहरूमा गेमिङ अनुभवलाई एकै ठाउँमा ल्याउन छुट्टै एप घोषणा गरेको हो ।

यो एपले प्रयोगकर्ताको गेमिङ हिस्ट्री, प्रगति र सामाजिक गतिविधिहरूलाई एप्पलका सबै डिभाइसमा सिङ्क गर्ने बताइएको छ । खासगरी एपले प्रयोगकर्तालाई आफ्ना अचिभमेन्टहरू (उपलब्धि) ट्र्याक गर्न, लिडरबोर्ड हेर्न र गेम लन्च गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ ।

गेम्स एपमा होम, आर्केड, प्ले टुगेदर, लाइब्रेरी र सर्च गरी पाँच ओटा मुख्य ट्याब‍ छन् । ‘होम’ ट्याबले ट्रेन्डिङ गेमहरू, अपडेटहरू र गेमसम्बन्धी इभेन्टहरूलाई एकै ठाउँमा देखाउँछ । यसले प्रयोगकर्ताहरूलाई सामान्य एपस्टोर ब्राउज गर्नुभन्दा सजिलै नयाँ गेमहरू पत्ता लगाउन मद्दत गर्ने बताइएको छ । प्रयोगकर्ताले आफूले खेलेका गेम र साथीहरूले खेलेका गेमका आधारमा रिकमेन्डेसनहरू पनि पाउनेछन् ।

‘लाइब्रेरी’ ट्याबमा इन्स्टल गरिएका सबै गेमहरू देखिनेछन् । जब कि ‘एप्पल आर्केड’ मा आर्केडका शीर्षकहरू मात्र देखिनेछन् । ‘प्ले टुगेदर’ ट्याबमार्फत प्रयोगकर्ताले साथीहरू कुन गेम खेलिरहेका छन् हेर्न, स्कोर तुलना गर्न र उनीहरूलाई गेम खेल्न निम्तो पठाउन सक्नेछन् ।

एपमा रहेको ‘च्यालेन्ज’ नामक फिचरले स्कोरमा आधारित प्रतिस्पर्धालाई अझ रोचक बनाउने कम्पनीको दाबी छ । डेभलपरहरूका लागि यो फिचर गेम सेन्टरको लिडरबोर्डमा आधारित हुने बताइएको छ । यसले सिङ्गल-प्लेयर गेमहरू पनि साथीहरूसँग खेल्न सकिनेगरी प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्ने कम्पनले जनाएको छ ।

कम्पनीका अनुसार यो एपले तपाईंको गेमिङ हिस्ट्री, प्रगति र सामाजिक गतिविधिहरूलाई एप्पलका सबै डिभाइसमा सिङ्क गर्नेछ । यसै अंग्रेजी वर्षको अन्त्यसम्म आईफोन, आईप्याड, म्याक र एप्पल टिभीमा प्रि-इन्स्टल ‍रूपमा एप उपलब्ध गराउने एप्पलको तयारी छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १७:९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट