२०८२ जेष्ठ २९ बुधबार
२०८२ जेष्ठ २९ बुधबार

नागरिकका गुनासा सुन्न सांसद विराजभक्त श्रेष्ठले सुरु गरे डिजिटल प्रणाली

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विराजभक्त श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं-८ का नागरिकका गुनासा तथा सुझाव व्यवस्थित र प्रभावकारी रूपमा संकलन गर्न डिजिटल दर्ता प्रणाली सुरु गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत आम नागरिकको सहजता र सुविधाका लागि यस प्रणाली सुरु गरिएको सांसद श्रेष्ठले जानकारी दिए ।

“काठमाडौं क्षेत्र नं. ८ का भेटघाट, गुनासा र समस्याहरूलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सम्बोधन गर्न ‘डिजिटल दर्ता’ प्रक्रिया आजदेखि लागु गरेका छौँ । आम नागरिकको सहजता र सुविधाका लागि सुरु गरिएको यो प्रविधि जनसेवा र उत्तरदायित्त्व प्रतिको हाम्रो सत् प्रयास हो,” श्रेष्ठले लेखेका छन् ।

नागरिकले यो लिंकमा गएर आफ्नो नाम, फोन नम्बर, समस्या र स्थान लगायत विवरण उल्लेख गरेर श्रेष्ठको सचिवालयमा गुनासा दर्ता गराउन सक्नेछन् ।

सांसद श्रेष्ठले यो प्रविधिमार्फत सिधा जनतासँगको सम्पर्क सजिलो हुने विश्वास व्यक्त गर्दै लेखेका छन्, “जनसेवाको भावनालाई समय अनुसार नया प्रविधि र प्रणालीमा रूपान्तरण गर्न सहयोग पुर्‍याउनु भएका Tshul App का नवप्रवर्तनशील उद्यमीहरूलाई हृदयदेखि धन्यवाद । हाम्रो सामूहिक प्रयासले नै सकारात्मक परिवर्तन सम्भव बनाउँछ ।”

 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ११:३५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट