२०८२ जेष्ठ २९ बुधबार
२०८२ जेष्ठ २९ बुधबार

विद्युत् आपूर्ति अवरुद्ध हुनुअघि एसएमएस पठाउनुपर्ने मागसहितको रिटमा अदालतको कारण देखाउ आदेश

काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तालाई अनिवार्य एसएमएस पठाउनुपर्ने माग सहित दायर रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ । कानूनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले सोमबार नेपाल विद्युत् प्राधिकरण समेतको नाममा यस्तो आदेश दिएको हो ।

चौधरीले आइतबार रिट निवेदनमा विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यमबाट पूर्वसूचना दिन अनिवार्य बनाउन माग गरिएको थियो ।  रिट निवेदनमा भनिएको थियो छ, “सेवा प्रवाहको पारदर्शिता, उपभोक्ताको विश्वास र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि विद्युत् सेवा अवरुद्ध हुनु पूर्व वा तत्काल पश्चात् उपभोक्तालाई स्पष्ट जानकारी दिन आवश्यक छ ।”

चौधरीले निवेदनमा संविधानको धारा १४४ बमोजिम परमादेश आदेश जारी गरी एसएमएस प्रणालीमार्फत समयमै सूचना प्रवाह सुनिश्चित गराउन माग गरेका छन् । अदालतले माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण वा प्रमाण भए सो सबुद प्रमाण सहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्राधिकरणलाई आदेश दिएको हो । 

 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ११:४१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट