२०८२ जेष्ठ २८ मंगलवार
२०८२ जेष्ठ २८ मंगलवार

कसको पर्नु भर ? लगआउट गर्न बिर्सिँदा बुबाले नै फेसबुकमा राखिदिए आफ्नै छोरीका अश्लील भिडिओ

काठमाडौँ । कहिलेकाहीँ काम विशेषले साथी-भाइ, परिवारका सदस्य वा आफन्तको मोबाइल डिभाइस प्रयोग गर्नुपर्ने आवश्यकता हुन्छ । कार्यालय वा कुनै सार्वजनिक स्थानका कम्प्युटर पनि बेलाबखत हामीले प्रयोग गरिरहेका हुन सक्छौँ ।

यसरी अरूका वा अरूको पहुँचमा हुन सक्ने डिभाइसहरू प्रयोग गरिसकेपछि कतिपयले त्यसबाट आफ्नो सामाजिक सञ्जाल वा ईमेल अकाउन्ट लगआउट गर्न बिर्सिरहेका हुन्छन् । यस्तोमा तपाईँको अकाउन्टमा रहेका गोप्य तथा महत्त्वपूर्ण सामग्रीमा पहुँच पाउने व्यक्तिबाट कल्पनीय समस्या निम्तिन पनि सक्छ ।

एउटा यस्तै घटना अहिले मुद्दा मामिलाको विषय बनेको छ । यो चितवनको एक पारिवारिक कलहको कथा हो । कमला (नाम परिवर्तित पीडित नाबालिग छोरी) का बुबा र आमा बीच दिनहुँ झगडा हुने गरेको थियो । यसै कारणले गर्दा आमा-छोरी आफ्नै खुसीले घर छाडेर काठमाडौँ गएर बस्न थाले । 

कमलाले विगतमा आफ्ना बुबाको मोबाइलमा आफ्नो सिमकार्ड, गुगल आईडी, स्न्यापच्याट र अन्य सामाजिक सञ्जालका आईडीहरू लगइन गरी चलाएकी थिइन् । तर गुगल आईडी र स्न्यापच्याट आईडी लगआउट गर्न भने बिर्सिएकी थिइन् । 

यसै कारणले बुबाले उनका सम्पूर्ण तस्विरहरूमा पहुँच पाएका थिए । जसमा कमलाले आफ्नो प्रेमीसँग खिचेका गोप्य अश्लील तस्विर र भिडिओहरू पनि समावेश थिए । आमाको पक्ष लिएको देखेर उनका बुबा छोरीसँग पनि रिसाएका थिए । कमलाकी साथीले पनि पारिवारिक वातावरण राम्रो नभएको, बुबाले झगडा गरिरहने र प्रेम सम्बन्धलाई लिएर कमलालाई तनाव दिने गरेको बयान दिएकी छिन् । 

श्रीमतीसँग सम्पर्क गर्ने प्रयास गर्दा सामाजिक सञ्जाल र फोनमा ब्लक गरिएकाले कुनै माध्यम नभएको कमलाका बुबाको भनाइ छ । त्यसपछि उनले धम्की सहित आफ्नी छोरीको मेसेन्जरमा उनका अश्लील तस्विरहरू पठाए । छोरी र श्रीमती सम्पर्कमा आई कुराकानी गर्छन् कि भन्ने उद्देश्यले ती तस्वीर पठाएको बयान उनले दिएका छन् । 

तर  कमलाले उक्त मेसेजको बेवास्ता गरिन् । त्यसपछि २०८२ साल वैशाख २४ गते बुबाले आफ्नै फेसबुक प्रोफाइलबाट छोरी कमलाले अश्लील गतिविधिहरू गरिरहेका भिडिओ फेसबुक स्टोरी मार्फत सार्वजनिक गरी दिए । जसमा उनले धाकधम्कीपूर्ण तथा अपमानजनक शब्दहरू पनि लेखेका थिए ।

यस किसिमको कार्य गर्नु आफ्नो गल्ती भएको कमलाका बुबाले बयानका क्रममा स्वीकार गरेका छन् । २५ वैशाखमा साइबर ब्युरोमा पीडित छोरी र उनकी आमाले दायर गरेको निवेदनमाथि अनुसन्धान गरी साइबर ब्युरोले सरकारी वकिलको कार्यालयमार्फत १९ जेठ २०८२ मा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । 

जसमा आफ्नै छोरीलाई यातना दिएको, अपमान र बेइज्जत गरेको साथै उनको चरित्रहत्या गर्ने कार्य गरेको आरोप बुबामाथि लगाइएको छ । अभियुक्तलाई विद्युतीय कारोबार ऐन अन्तर्गत दफा ४७ (१) अन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायका साथै मोबाइल जफत गरी पीडितलाई हानी नोक्सानीको क्षतिपूर्ति र राहत शुल्क दिलाउन पनि माग गरिएको छ । अदालतले यस मुद्दाको फैसला गर्दा पीडितलाई उचित क्षतिपूर्ति दिलाउनुपर्ने र अभियोग स्थापित भएकोले अभियुक्त उपर कानून बमोजिम अधिकतम सजाय हुनुपर्ने माग दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ २०:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट