काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रहमा संसद बैठक दुई दिनपछि सारिएको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले मंगलबारसम्ममा सहमति खोज्न प्रयास गर्ने प्रस्ताव प्रतिपक्षीले राखेपछि संसद बैठक दुई दिनपछि सारिएको बताएका हुन् ।
उनले सत्तापक्ष अधिक लचकताका साथ प्रतिपक्षीसँग सम्वादमा बसेको धारणा राखे । प्रतिपक्षीले हौसिएर भिजिट भिसा प्रकरण निकालेर सदन अवरुद्ध पारेको भन्दै उनले अब सदनको अवरोध हटाउने जिम्मेवारी पनि प्रतिपक्षीकै रहेको बताए ।
बर्तौलाले प्रतिपक्षी दलसंग सहमतिको कुनै ड्राफ्टमा छलफल नभएको स्पष्ट पारे । उनले संवैधनिक आयोगले अनुसन्धान गरिरहेको बिषयमा त्यसको निष्कर्ष नआइ अन्य कुनै आयोग वा समिति बनाएर छानविन गठन गर्नु उपयुक्त नहुने बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ