२०८२ जेष्ठ २७ सोमबार
२०८२ जेष्ठ २७ सोमबार

ह्वाट्सएपमा अब अटो-डाउनलोड हुने फोटो र भिडिओको क्वालिटी आफैं छान्न सकिने

 

 

काठमाडौँ । ह्वाट्सएपले अटो-डाउनलोड हुने फोटो र भिडिओको गुणस्तर आफैं छनोट गर्न सकिने फिचर ल्याउने तयारी गरेको छ । हाल केही एन्ड्रोइड बेटा प्रयोगकर्ताका लागि उपलब्ध यो फिचर चाँडै नै सबैले प्रयोग गर्न पाउने बताइएको छ ।

वीबेटाइन्फोका अनुसार यो फिचर ह्वाट्सएपको बेटा भर्सन २.२५.१८.११ प्रयोग गरिरहेका प्रयोगकर्ताले पाएका छन् । फिचर प्राप्त गर्ने प्रयोगकर्ताले Settings > Storage and data मेनुमा ‘Auto-download quality’ नामक विकल्प पाउनेछन् । जसमा ‘स्ट्यान्डर्ड क्वालिटी’ र ‘एचडी क्वालिटी’ दुई अप्सन छन् ।

स्ट्यान्डर्ड क्वालिटी रोजेमा मिडिया कम्प्रेस गरिएर अर्थात् सानो साइजमा डाउनलोड हुन्छ । एचडी क्वालिटी रोजेमा उच्च गुणस्तरको मिडिया डाउनलोड हुन्छ । यद्यपि स्ट्यान्डर्ड क्वालिटी रोजे पनि त्यो मिडिया अझै ह्वाट्सएपको सर्भरमा उपलब्ध छ भने च्याटमा गएर म्यानुअली एचडीमा हेर्ने सुविधा हुनेछ । 

नयाँ अपडेटअनुसार ह्वाट्सएपले फोटो र भिडिओ पठाउँदा स्ट्यान्डर्ड र एचडी दुवै भर्सन अपलोड हुने ‘डुअल-अपलोड सिस्टम’ सुरु गरेको छ । कारण के भने ह्वाट्सएपले इन्ड-टु-इन्ड इन्क्रिप्सनको कारणले मिडियालाई आफैं कम्प्रेस गर्न सक्दैन । त्यसैले सेन्डरको मोबाइलबाट दुवै संस्करण सर्भरमा अपलोड हुन्छन् । र मेसेज पाउनेले आफ्नो सेटिङअनुसार तीमध्ये एउटा डाउनलोड गर्छन् ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १३:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट