२०८२ जेष्ठ २७ सोमबार
२०८२ जेष्ठ २७ सोमबार

यी हुन् नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष र रजिष्ट्रार पदका आकंक्षी

काठमाडौं– नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष र रजिष्ट्रार पद रिक्त भएको लामो समय भइसक्दा पनि नियुक्त हुन सकेको छैन।

परिषदमा अध्यक्ष र रजिष्ट्रार नियुक्त नहुँदा विद्यार्थी र चिकित्सकहरुको काम प्रभावित भइरहेको छ। आयुर्वेद चिकित्सकहरुले त छिटोभन्दा छिटो नियुक्तिको माग राखेर परिषदमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन्।

अध्यक्ष र रजिष्ट्रार नियुक्तिमा ढिला हुँदा ती पदमा आकंक्षीको संख्या पनि बढ्दै गइरहेको छ। 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राजनीतिक रुपमा भागन्ड नमिल्दा नियुक्तिमा ढिलाइ भइरहेको हो। परिषद्को कार्यसमिति विहीन हुँदा परिषद्का नियमित कामकाज ठप्प हुनुका साथै चिकित्सकहरूको दर्ता प्रक्रिया, विद्यार्थीहरूको शैक्षिक अवसर र चिकित्सा पदपूर्तिमा समस्या बढ्दै गइरहेको छ।

स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार परिषदको अध्यक्ष पदका लाषगि डा. सन्तोष  ठाकुर, डा रामचन्द्र अधिकारी  र डा  श्यामबाबु  यादव  रहेका छन्। यसका साथै अध्यक्ष पदकै लागि डा रामदेव यादव र डा मुनिकर्ण थापाले पनि आकंक्षा व्यक्त गरेका छन्।

रजिष्ट्रार पदका लागि डा. शंकर गौतम, डा. जया सत्याल, डा हरिशरण अर्याल, डा रमेश पौडेल र डा चन्द्रकिशोर यादवले चासो देखाएका छन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट