२०८२ जेष्ठ २७ सोमबार
२०८२ जेष्ठ २७ सोमबार

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित सडकमा ना.४ ख ४००९ नम्बरको बस र रा.१ क ८७० नम्बरको बस एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा ना.४ ख ४००९ नम्बरको बसमा सवार दंगीशरण गाउँपालिका-२ बस्ने ६५ वर्षीय नारायण भण्डारी र ३७ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ना.४ ख ४००९ नम्बरको बसमा सवार अन्य ११ जना मध्ये ७ जनाको मेडिकल कलेज कोहलपुर, ३ जनाको सिटि अस्पताल तुलसीपुर र १ जनाको नागरिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुबै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाराको बारागढी गाउँपालिका-२ विसनपुर्वास्थित सडकमा विसनपुर्वाबाट दैर्वातर्फ जाँदै गरेको प्र.१-०५-००२ प १६२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ विसनपुर्वा बस्ने ५५ वर्षीया गीता देवी चौधरीको आइतबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट