काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन् । उनले आइतबार जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गरेकी हुन् ।

पूर्वयुवराज्ञी हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि जुम्ला पुगेका छन् । उनीहरू शनिबार जुम्ला पुगेका थिए । शिलान्यास कार्यक्रममा बोल्दै राप्रपाका प्रमुख सचेत तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले हिमानी र हृदयेन्द्रले जुम्लामा उदाहरणीय काम गरेको बताए ।
त्यस्तै, गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पूर्वराजपरिवारप्रति धन्यवाद व्यक्त गरे । गुठिचैर–१ का वडाध्यक्ष अजुन महताराले बर्थिङ सेन्टरले गाउँघरका महिलालाई सहज हुने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ