२०८२ जेष्ठ २६ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ २६ आईतवार

सुनिल पौडेलसँगै टेलिकमकी नयाँ प्रबन्ध निर्देशक सङ्गीता पहाडी विरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौँ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि नेपाल टेलिकमको बिलिङ प्रणालीको विषयमा भ्रष्टाचार गरेको अभियोग लगाइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार अख्तियारले उनीहरू विरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

यसअघिका बहालवाला प्रबन्ध निर्देशक सुनिल पौडेल पनि भ्रष्टाचार मुद्दामा तानिएपछि एक वर्ष रिक्त रहन पुगेको सो पदमा गएको २० भदौ २०८० मा पहाडीले नियुक्ति पाएकी थिइन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा पेमेन्ट गेटवे परियोजनामा भ्रष्टाचार गरेको ठहर भएपछि पौडेललाई अदालतले ९ वर्ष जेल सजायका साथै ४६ करोड ५३ लाख रुपैयाँभन्दा बढी बिगो तथा जरिबाना भराउने फैसला गरिसकेको छ ।

यस बाहेक उनी विरुद्ध सिंगापुर बैँकमा पैसा जम्मा गरेको भन्दै विदेशी विनियम ऐन उलङ्घन गरेको तथा आरआईएससी र एचसीआई सर्भर खरिदमा अनियमितता गरेको भन्दै दर्ता भएका बाँकी दुई मुद्दा समेत विशेष अदालतमा विचाराधीन छन् । 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १३:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट