२०८३ असार ५ शुक्रबार
LATEST NEWS
२०८३ असार ५ शुक्रबार

जुन महिनाभर  वीर अस्पतालले ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया गर्ने

काठमाडौं – जुन महिनाभर  वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीहरुको नि:शुल्क शल्यक्रिया गर्ने भएको छ।अस्पतालमा स्थापना भएको  राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले जुन महिनाभर ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया गर्ने  भएको हो । 

ब्रेन ट्युमर दिवसका अवसरमा  जुन महिनााभरिलाई ब्रेन ट्युमरका बिरामीहरुको शल्यक्रिया नि:शुल्क गर्ने घोषणा गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष प्राडा राजीव झाले बताए। ब्रेन ट्युमरका बिरामीलाई लामोसम्म पर्खाइमा नराखी ४८ घन्टाभित्र नै शल्यक्रिया गरिने प्राडा झाले स्वास्थ्यखबरसँगको कुराकानीमा बताए। 

‘हाल ब्रेन ट्युमरको शल्यक्रियाका लागि २ सातासम्म कुर्नुपर्ने बाध्यता छ, हाल रहेकै जनशक्ति तथा स्रोत साधनलाई अधिकतम प्रयोग गरिन्छ,’ डाक्टर झाले भने, ‘हरेक वर्ष २६०० को हाराहारीमा  ब्रेन ट्युमरका  बिरामी भेटिन्छन्,’‘ब्रेन ट्युमरका बिरामी ४० देखि ५० वर्ष उमेरका सबभन्दा बढी भेटिएका छन्।’   

ब्रेन ट्युमर दिवसका अवसरमा केन्द्रले प्रभातफेरी कार्यक्रम गरेको थियो। प्रभातफेरी पश्चात् आयोजना गरिएको  विशेष  कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल समेत सहभागिता थिए । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पतालमा स्थापना भएको ब्रेन ट्युमर केन्द्रलाई देशकै उत्कृष्ट केन्द्रका रुपमा विकास गर्नका लागि निर्देशन दिएका थिए। ‘ब्रेन ट्युमर सकेसम्म नभएको राम्रो यदि भइहाल्यो भने पनि वीर अस्पताल जस्ता सरकारी अस्पतालले यसको उपचार हुन्छ नआतिऔं,’ मन्त्री पौडेलले कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने। 

ब्रेन ट्युमर केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार ट्युमर धेरै देखिनेमा औसत उमेर ४६/३२ वर्ष रहेको छ। अर्थात् ४०-५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर पत्ता लागेको केन्द्रका अध्यक्ष डा झा बताउँछन्। 

देशभरका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट मस्तिष्क ट्युमर भएका १ हजार ७ सय ३९ जना बिरामीहरूको तथ्याङ्क सङ्कलन गरिएको छ। प्राप्त तथ्याङ्कका आधारमा नेपालमा हरेकवर्ष करिब २ हजार ५०० देखि २ हजार ६०० नयाँ मस्तिष्क ट्युमरका बिरामीहरू पहिचान हुने अनुमान गरिएको छ। कुल २।२ करोड जनसङ्ख्या अनुसार यसको आवधिक्ता लगभग ११.४- ११.८ प्रति १ लाख जनसङ्ख्या रहेको देखिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट