२०८२ जेष्ठ २६ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ २६ आईतवार

ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन

जुन ८ लाई ब्रेन ट्युमर दिवसका रुपमा मनाउने गरिन्छ। दिमाखमा खराब प्रकारका कोषिकाहरु बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ। यो भर्खरै जन्मको बच्चादेखि बुढाबुढीमा समेत हुनसक्छ। नेपालमा ब्रेन ट्युमरका बिरामीहरु  वर्षेनी बढ्दै गएको पाइन्छ। ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिदैनन्, यसको सुरुवाती अवस्थामा नै उपचार हुन सके बिरामी पूर्ण रुपमा निको हुन सक्छन्। ब्रेन ट्युमर दिवस, ब्रेन ट्युमरका उपचारको विधि,यसका लक्षणहरु लगायतका विषयमा केन्द्रित भएर स्नायु, नसा तथा मेरुदण्ड रोग शल्यचिकित्सक प्राडा राजीव झासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :

ब्रेन ट्युमर भन्नाले के बुझिन्छ ?
दिमागमा खराब प्रकारका कोषिकाहरु बढ्दै जानुलाई ब्रेन ट्युमर भनिन्छ । कतिपय ब्रेन ट्युमर क्यान्सर पनि हुनसक्छ । भर्खरै जन्मेको बच्चादेखि वृद्ध मानिसहरुमा पनि ब्रेन ट्युमर हुनसक्छ । हालसम्म पनि ब्रेन ट्युमर हुने धेरै कारणहरु पत्ता लागिसकेको छैन। 

ब्रेन ट्युमरका धेरै कारण थाहा नभएपनि विभिन्न प्रकारका विकिरणहरु जस्तै एक्सरेको समयमा प्रयोग हुने विकिरण, सिटीस्क्यान, घाम तथा विभिन्न वातावरणीय कारण, गहिरो प्रकारको चोट लगायतका कारणहरुले ब्रेन ट्युमर हुनसक्छ भन्ने पत्ता लागेको छ।  

ब्रेन ट्युमरको समस्या बढी कुन उमेरका मानिसहरुमा धेरै हुन्छ?

सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन ट्युमर नहुने भन्ने चाहिँ होइन। 

यसको उपचारको विधीहरु के– के होलान् ?

ब्रेन ट्युमरलाई सामान्यतया ४ चरणमा विभाजन गरिएको छ। यसको चरण अनुसारको उपचार विधी प्रयोग गरिन्छ । कतिपय अवस्थामा बिना शल्यक्रिया पनि ब्रेन ट्युमर गरिन्छ।

यस्तो अवस्थामा बिरामीलाई निश्चित समयमा अस्पताल बोलाउने गरिन्छ । समय-समयमा सिटीस्क्यान, एमआरआई गरेर हेर्दा बढ्ने खालको ब्रेन ट्युमरलाई मात्रै शल्यक्रिया गरिन्छ। 

शल्यक्रिया ब्रेन ट्युमरको प्रमुख उपचार विधी हो । ब्रेन ट्युमर बढिरहेको अवस्थामा त्यसलाई सिटीस्क्यान तथा एमआरआईबाट पत्ता लगाइ निकालेर फालिन्छ । यो पूर्ण उपचार पनि हो ।  त्यस्तै ब्रेन ट्युमरको तेस्रो र चौथो उपचार विधी किमोथेरापी र रेडियोथेरापी हुन् । पछिल्लो समय रेडियोसर्जरी पनि ब्रेन ट्युमरको उपचारमा विकसित भएको उपचार विधी हो। 

ब्रेन ट्युमरका लक्षणहरु के –के हुनसक्छन् ?

ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिने होइनन्। यसका लक्षण धेरै समय अगाडि नै देखिने गर्छन् । त ट्युमर दिमागको कुन भागमा देखिएको छ, सोही अनुसार लक्षण देखिने गर्छन्। धेरैमा अत्याधिक टाउको दुख्ने, शरीरका कुनै भाग कमजोर हुने,कतिपयमा आँखा नदेख्ने,कान कम सुन्ने,दिसा पिसाब नियन्त्रणमा नहुने तथा जुनसुकै अंगले राम्रोसँग काम नगर्ने हुनसक्छ। तर, यी लक्षण गम्भीर रुपमा लिइदैन। यसले गम्भीर अवस्थामा पुर्‍याउँछ।

ब्रेन ट्युमर भएका मानिसहरुको दैनिक क्रियाकलाप समेत असामान्य प्रकारका हुन्छन् । कतिपय बिरामीहरु रोग पत्ता लाग्न नसक्दा लामो समयसम्म मनोचिकित्सकसँगको उपचारमा गएको पनि पाइन्छ । 
सहनै नसक्ने अवस्थामा  मात्रै बिरामी अस्पताल आइपुग्छन् । सुरुवाती अवस्थामा लक्षणहरु वेवास्ता गर्ने गर्छन्। अन्तिम अवस्थामा मात्रै बिरामी अस्पताल आइपुग्ने गर्छन्। 

ब्रेन ट्युमरलाई रोकथाम गर्न सकिन्छ ?

ब्रेन ट्युमरलाई रोकथाम नै गर्न सक्ने अवस्था हुँदैन । यद्यपि अनावश्यक विकिरणबाट टाढा राख्ने, खानपानमा विशेष ध्यान दिने, दिमागमा लागेको चोटपटकको सही रुपमा उपचार गरेको खण्डमा यसबाट केही मात्रामा बच्न सकिन्छ। 

वीर अस्पतालमा स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र के हो, यसले के–कस्ता सेवा दिन्छ?

समयअनुसार न्युरोसर्जरीमा नेपालमा गर्नुपर्ने कामहरु सम्पन्न गर्नका लागि वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरिएको हो । नेपालमा ब्रेन ट्युमर सम्बन्धि अनुसन्धानहरु भए, नभएको, ब्रेन ट्युमर सम्बन्धि राष्ट्रिय तथ्यांक तथा उपलब्धी राख्नका लागि पनि यो केन्द्रको स्थापना गरिएको हो। 

उक्त केन्द्रको स्थापना सँगै देशभर रहेको २०– २५ वटा न्युरो उपचार केन्द्रले तथ्यांक उपलब्ध गराएका छन् । उक्त केन्द्रबाट हामीले सर्जरी पश्चात् पनि करिब १५ –१६ शय ब्रेन ट्युमरका बिरामीहरुको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सकेका छौं।  

यसले ब्रेन ट्युमर प्रभावितहरुको वास्तविक तथ्यांक पाइने र आगामी कार्ययोजनालाई दिशानिर्देश गर्न सहज हुन्छ।  

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट