काठमाडौँ । ग्लोबल आइएमई बैंकले कमलादीस्थित आफ्नो कर्पोरेट कार्यालयमा विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । बिहीबार सञ्चालक कृष्णप्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा चार्जिङ स्टेसनको उद्घाटन गरे ।

गाडी चार्ज प्रालिसँगको सहकार्यमा स्थापना गरिएको सो चार्जिङ स्टेसनमा ४० किलोवाट क्षमताको सीसीटीयू सिंगल गन जडान गरिएको छ । उक्त सुविधा बैंकमा सेवा लिन आउने ग्राहक तथा कर्मचारीहरूका लागि उपलब्ध गराइएको छ ।
बैंकले वातावरण संरक्षण र हरित ऊर्जाको प्रवर्द्धनलाई लक्ष्य गरी सो चार्जिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरणमैत्री प्रोडक्टहरू तथा सेवामार्फत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता जनाउँदै चार्जिङ स्टेसन अन्य बैंक तथा वित्तीय संस्थाहरूका लागि समेत प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सव तथा वातावरण दिवसको अवसरमा १८ हजार बिरुवा रोपणको कार्यक्रमसमेत अघि बढाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १९:४९
सामाग्री श्रोत :
टेक पाना