२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

सिंहदरबार वैद्यखानाको विकासका लागि पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

काठमाडौं – सिंहदरबार बैद्यखानाको विकासका लागि प्रथम पञ्चवर्षीय रणनीतिक योजना २०८२ सार्वजनिक भएको छ। 

सिंहदरबार वैद्यखाना विकास समितिद्वारा २०८१ कार्तिक ९ गते गठित पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा उपसमितिले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा उक्त रणनीति सार्वजनिक गरेको हो। डा लक्ष्मी प्रसाद घिमिरे संयोजनक रहेको उक्त उपसमितिमा डा पुष्पराज पौडेल, डा कोपिला अधिकारी, डा विभाकर ठाकुर,  डा विनोद शाह सदस्य रहेका छन्। 

उक्त रणनीतिक योजना मार्फत् दीर्घकालीन रुपमा गुणस्तरीय आयुर्वेद औषधि उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै अन्तर्राष्ट्रिय निर्यात प्रवर्धन गर्न सफल हुने स्थितीमा पुग्नुपर्ने आयुर्वेद क्षेत्रका विज्ञहरु बताउँछन्। 

५ परिच्छेदमा सार्वजनिक भएको उक्त रणनीतिमा परिच्छेद १ मा सिंहदरबार वैद्यखाना विकास समिति र रणनीतिक योजनाको आवश्यकताका सम्बन्धमा प्रकाश पारिएको छ। त्यस्तै परिच्छेद २ मा सिंहदरबार वैद्यखाना विकास समितीको वर्तमान अवस्था र समस्याहरु, परिच्छेद ३ मा सिंहदरबार वैद्यखाना विकास समितीका पहिलो रणनीतिक योजना, परिच्छेद ४ मा परिवर्तनको सिद्दान्त तथा नतिजा खाका तथा परिच्छेद ५ मा रणनीतिको कार्यान्वयन, अर्थ व्यवस्थापन, अनुगमन तथा मुल्यांकनबारे प्रकाश पारिएको छ। 

वैद्यखाना विकास समितिको गौरवमय इतिहास, जनविश्वास र राष्ट्रिय मागसँगै राष्ट्रहितमा आधारित रही उक्त रणनीतिक योजना तयार पारिएको सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसी बताउँछन्। वैद्यखानाको विकासका लागि अभिलेख बनाएर अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा आधारतामा बजेटको सीमितताको बीच पनि उक्त रणनीतिक तयार गरिएको डा केसीको दाबी छ। 

‘रणनीतिक योजनामा कतिपय विषयवस्तुहरु वैद्यखानाको कार्य क्षेत्र बाहिरको पनि उल्लेख भएका छन्, ती विषयहरुलाई मन्त्रालय तहबाट नै कार्यान्वयन गर्न पहल गराइनेछ’, उनले भने ‘कानुनी पक्षहरु हामीले भन्दा पनि मन्त्रालय तहबाट नै सम्बोधन हुनुपर्छ।यसले धेरै पाटोलाई समावेश गरेको छ, उक्त कुरालाई कार्यान्वयन गर्नका लागि आर्थिक व्यवस्थापनमा आवश्यक छ।’  

करिब २ अर्ब बराबरको लगानी गर्न सके ८ गुणा फाइदा वैद्यखानालाई हुने डा केसीको दाबी छ। हाल वैद्यखानासँग कच्चा पदार्थ लगायत अन्य अत्यावश्यक सामग्रीहरु खरिदको क्षमता एकदमै कम रहेकोमा विभिन्न चरणहरु पार गर्दै वैद्यखाना आत्मनिर्भर हुनसक्नेमा उनी आशावादी छन्। यो सँगै सिंहदरबार वैद्यखानाको उत्पादनले गति लिने उनको विश्वास पनि छ। 

यसका अतिरिक्त विश्लेषणबाट पहिचान गरिएका वर्तमान सबल पक्ष एवं उपलब्ध अवसरहरूको सदुपयोग गरी दुर्बल पक्ष तथा सामना गर्नु परेका चुनौती तथा समिति सामु रहेका प्रमुख रणनीतिक सवालहरूलाई यस योजना तर्जुमाका चरणहरूमा प्रमुख अन्य आधारका रुपमा उनले बताए।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट