२०८२ असार ८ आईतवार
LATEST NEWS
२०८२ असार ८ आईतवार

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल  बुटवलका सुपरिटेन्डेन्ट डा इन्द्र ढकाललाई तत्काल आफ्नो दरबन्दी रहेको सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ। 

स्वास्थ्य मन्त्रालयले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा पत्र पठाउँदै डा ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन भनेको छ। 

पत्र अनुसार २०८१ असार ५ गतेको निर्णयले डा ढकालको पदस्थापन गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीमा भएको थियो। तर उनी हालसम्म पनि बुटवलमै कार्यरत छन्।

मन्त्रालयले डा ढकाललाई तुरुन्त सप्तरी हाजिर हुन पत्र काट्दै लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत बोधार्थ पत्र पठाएको छ। 
डा ढकाल १० तहका सर्जन हुन्।

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?