२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

भ्रष्टाचारविरुद्ध राज्य निर्मम हुनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारका विरुद्ध राज्य निर्मम हुनुपर्ने बताएका छन्।

मुलुकमा नीतिगत, प्रकृयागत र साना तथा संस्थागत भ्रष्टाचार डरलाग्दो तरिकाले मौलाएको भन्दै बस्नेतले भ्रष्टाचार नियन्त्रणमा राज्यका निकायले जिम्मेवार ढङ्गले कार्य गर्नुपर्ने बताएका हुन्।

भ्रष्टाचार आर्थिक विकासको सबैभन्दा ठूलो शत्रु भएको भन्दै मुलुकमा भ्रष्टाचारविरुद्ध प्रभावकारी नीतिको अभाव, राजनीतिक अस्थिरता, कमसल लोकतन्त्र, अक्षम प्रशासनिक संरचनाजस्ता कारणले मुलुकमा भ्रष्टाचार बढेको बस्नेतको जिकिर छ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध कारबाही गर्न नपाइने भ्रष्टाचार नियन्त्रण ऐनको प्रावधानलाई सच्याउनुपर्ने भन्दै भ्रष्टाचारीलाई उन्मुक्ति नहुने र निर्दोषमाथि प्रतिशोध नसाँधिने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको भनाइ छ।

भ्रष्टाचारबाट मुलुकलाई जोगाउन राज्यको जिम्मेवार पदमा रहेका व्यक्तित्व तथा नागरिकहरु समेत जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्ने बेला आएको उनको तर्क रहेको छ।


सामाग्री श्रोत :

भ्रष्टाचारविरुद्ध राज्य निर्मम हुनुपर्छ : पूर्ण बस्नेत

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट