२०८३ आश्विन १ बिहीबार
LATEST NEWS
२०८३ आश्विन १ बिहीबार

संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे

काठमाडौँ– सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएका छन्।

डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रवार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्। 

Ncell 2
Ncell 2

उनले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद् नै चल्न नसक्ने परिस्थिति निर्माण हुँदा समस्या भएको बताए। संसद् चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको उनले जिकिर गरे।

संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले सभामुख घिमिरेले कानुन बनाउने, कानुन कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राखे।  


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट