२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, देशभरि सेवा विस्तार गर्ने योजना

काठमाडौं- काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले जेठ २२ गते बिहीवार आफ्नो स्थापनाको १२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। 

होटेल रामदा, धुम्बाराहीमा आयोजित वार्षिकोत्सव समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेक थिए। समारोहमा सेन्टरका संस्थाका बोर्ड सदस्य, चिकित्सक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियो । 

समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक  ढकालले नेशनल बाथरोग सेन्टरले दिएको सेवाको प्रशंसा गर्दै यो रोगका रोगीहरुका लागि आवश्यक औषधि प्रयोगको अनुमतिका बारेमा समन्वय गर्न विभाग सदैव तयार रहेको बताए। 

महानिर्देशक  ढकालले  नेपालीमा  भिटामिन डीको कमीका विषयमा विभिन्न टिका–टिप्पणी भैरहेको उल्लेख गर्दै बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नुपर्ने बताए। यसका साथै उनले सेन्टरले तयार पारिरहेको एपलाई नेपाली भाषामा समेत तयार पार्न सुझाव दिए । 

कार्यक्रममा नेशनल बाथ रोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा बिनित वैद्यले नेशनल बाथरोथ सेन्टरको नयाँ मोबाइल एपबारे जानकारी दिँदै सेवा प्रवाहलाई देशका पूर्वदेखि पश्चिमसम्म फैलाउन सफल भएको उल्लेख गरे। 

समारोहमा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आगामी दिनमा नेशनल बाथरोग सेन्टरबाट अझ सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रबन्ध निर्देशक कक्षपतिका अनुसार वर्तमान परिप्रेक्ष्यमा बाथरोगको पहिचान गरी उपचार गर्ने, अनुसन्धान एवं जनचेतना अभिवृद्धि गरी गुणस्तरीय उपचार देशभरी पुर्याउने उद्देश्यका साथ स्थापना भई काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर तथा चितवनको भरतपुरबाट समेत नेशनल बाथरोग सेन्टरले विगत १२ वर्षदेखि सेवा दिइरहेको छ । 


 

वार्षिकोत्सव समारोहमा संस्थाको विगत १२ वर्षको यात्रा, सेवा विस्तार, प्रविधिमा भएको प्रगति, दक्ष जनशक्ति निर्माण र जनचेतना अभिवृद्धिमा भएको योगदानको विशेष समीक्षा गरियो । समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने सेन्टरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो । 

१२ वर्षअघिको स्थापना कालदेखि नै सेन्टरको उद्देश्य गुणस्तरीय बाथरोग उपचार सेवा नेपालमै उपलब्ध गराउने रहेको छ । हालसम्म करिब ५ लाख बिरामीले सेवा लिइसकेका छन्। सेन्टरले बाथरोगको प्रभावकारी परामर्श, उपचार, जोर्नी संरक्षण र जीवनशैली सुधारमा उल्लेखनीय योगदान दिँदै आएको छ ।

बाथरोग उपचारमा दक्ष जनशक्ति उत्पादनका लागि सेन्टरले विभिन्न तालिम र स्किल डेभलपमेन्ट कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै, विगत दुई वर्षदेखि भारतको लेडी हार्डवर्ड मेडिकल कलेज र मेदान्ता अस्पतालसँगको सहकार्यमा पोस्ट डक्टरेट फेलोसिप इन क्लिनिकल र्युम्याटोलोजी कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस वर्ष डा मनिषा भोछिभोया तथा डा आदिप अरुण श्रेष्ठले यो फेलोसिप सफलतापूर्वक पूरा गरेका छन्, जसले नेपाली चिकित्सकलाई अन्तर्राष्ट्रिय स्तरको दक्षता प्राप्त गराउन सहयोग पुर्‍याएको छ ।

नेशनल बाथरोग सेन्टरले सन् २०१३ मै नेपालमा पहिलोपटक १८ वटा इएनए प्यानल एन्टिजेन परीक्षण सुरु गरेको थियो । हाल संस्थाले नेल फोल्ड क्यापिलेरोस्कोपी, मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड र थर्मोग्राफी जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको छ, जसले निदान प्रक्रियालाई अझ सटीक बनाएको छ।

सेन्टरले पहिलोपटक नेपालमै युर्मा भिजन सम्मेलन आयोजना गर्दै दक्षिण एशियामै आफ्नो प्रविधि र दक्षता प्रतिस्पर्धी बनाएको छ। यस्तै, बिरामीको उपचार निरन्तरता सुनिश्चित गर्न, सेन्टरले मोबाइल एप पनि प्रारम्भ  गरेको छ, जसमार्फत बिरामीले चिकित्सकसँग तत्काल सम्पर्क गर्न सक्ने सुविधा प्राप्त गरेका छन्।

हाल सेन्टरमा ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जनाको टीम कार्यरत छ। सेन्टरले हालसम्म ८ शाखामार्फत सेवा दिइरहेको छ र यसै वर्ष धनगढी र सुर्खेतमा शाखा विस्तार गर्ने योजना अघि बढाइएको छ।

नेशनल बाथरोग सेन्टरको १२ वर्षे यात्रा सेवा, प्रविधि, दक्षता र जनचेतनाको समन्वयमा आधारित छ । निजी क्षेत्रबाट अगाडि बढेको संस्थाले बाथरोग उपचारको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै, आम नागरिकको जीवनस्तर सुधारमा योगदान पुर्‍याइरहेको छ । आगामी वर्षहरूमा अझ व्यापक, गुणस्तरीय र सुलभ सेवा प्रदान गर्ने लक्ष्यका साथ संस्था प्रतिबद्ध रहेको प्रवन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए।


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट