२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

ई-स्पोर्ट्समा लागेका ‘किलर वाईटी’ लाई समर्पित गर्दै बुबा शान्त भण्डारीले ल्याए ‘छोरा’ गीत

काठमाडौं । नेपाली पब्जी खेलाडी साहस भण्डारी ‘किलर वाईटी’लाई समर्पित गर्दै उनका बुबा शान्त भण्डारीले ‘छोरा’ बोलको गीत सार्वजनिक गरेका छन् । बिहीबार ‘किलर वाईटी’को आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

शान्त भण्डारी स्वयंले लेखेको गीतमा गायक प्रताप दासले स्वर दिएका छन् । गीत सार्वजनिक गर्दै भण्डारीले यो केवल आफ्नो छोराका लागि मात्र नभई सन्तानको सपना पूरा गर्न आफ्ना सपना त्याग्ने हरेक अभिभावकप्रति समर्पित रहेको बताए ।

“आफ्नो सन्तानको खुसीका लागि एउटा अभिभावक सहजै हार्न तयार हुन्छ,” उनले भने, “तिनै अभिभावकलाई समर्पित गर्दै यो गीत ल्याइएको हो ।”

गीतको भिडिओमा ई-स्पोर्ट्स जस्तो नौलो क्षेत्रमा लागेको सन्तानप्रति अभिभावकको सुरुवाती बुझाइ र पछि उसले सफलता पाएपछि प्राप्त हुने साथ र समर्थनलाई देखाइएको छ । ‘किलर वाईटी’को वास्तविक जीवन यात्रालाई म्युजिक भिडिओका रूपमा उतारिएको भण्डारीले सुनाए ।

यो गीतले नयाँ पुस्तालाई आफ्नो रुचिको क्षेत्रमा लाग्न प्रोत्साहन मिल्ने र अभिभावकलाई पनि आफ्ना सन्तानलाई विश्वास गर्न प्रेरणा दिने विश्वास निर्माण पक्षको छ । यसअघि टेकपानामा ‘किलर वाईटी’को पब्जी यात्राबारे सामग्री प्रकाशित भएको थियो ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ११:४०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट