२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

आरसिबीविरुद्ध प्रहरीमा उजुरी दर्ता, अनुमति बिनै ठूलो कार्यक्रम गरेको आरोप

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आपिएल) जितेको ‌विजयउत्सवका लागि बुधवार आयोजित कार्यक्रममा भागदौड हुँदा ११ जनाको मृत्यु भयो । भागदौडमा अन्य ३३ जना भन्दा बढि घाइते भएकोका छन् । 

घटनालाई लिएर बेंगलुरु प्रहरीले आरसिबी फ्रेन्चाइज टोलीविरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको हो । एफआईआरमा प्रहरीले चिन्नास्वामी स्टेडियममा कार्यक्रम सञ्चालन गर्न आरसिबीलाई अनुमति नदिएको दाबी गरेको छ । जुन स्टेडियम वरिपरि भागदौड भएको थियो । 

आरसिबीलाई एफआईआरमा पहिलो अभियुक्तको रुपमा राखिएको छ । साथै फ्रेन्चाइजको कार्यक्रम साझेदार डिएनए इन्टरटेनमेन्ट र चिन्नास्वामी स्टेडियमको जिम्मेवारी रहेको कर्नाटक राज्य क्रिकेट संघ (केएससिए) लाई पनि त्यसमा समावेश गरिएको छ ।

Ncell 2
Ncell 2

20250605065829_Stampded-1749184227.jpg

 

कब्बन पार्क डिभिजनका प्रहरी निरीक्षक गिरीश एकेको उजुरीको आधारमा एफआईआर दर्ता गरिएको बताइएको छ । उजुरीमा भारतीय न्याय संहिताको छ वटा धाराहरू उल्लेख गरिएको छ ।

‘कुनै पनि आधिकारिक अनुमति बिना जुन ४ मा आरसीबीले आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा आफ्नो उत्सव र विजय परेडको घोषणा गर्‍यो । प्रशंसकहरूलाई सामेल हुन आमन्त्रित गरेको,’ बेंगलुरु प्रहरीले एफआईआरमा दाबी गरेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट