२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

डा ओलिता शिल्पकार अन्तर्राष्ट्रिय संस्था आईएफईएम अन्तर्गतको इमर्जेन्सी मेडिसिन प्य्राक्टिस कमिटीको  उपाध्यक्ष नियुक्त

काठमाडौं- इमर्जेन्सी चिकित्सा विज्ञ डा ओलिता शिल्पकार इन्टरनेशनल फेडेरेसन फर इमर्जेन्सी मेडिसिन (आईएफईएम) अन्तर्गत इमर्जेन्सी मेडिसिन प्य्राक्टिस कमिटीको उपाध्यक्ष नियुक्त भएकी छिन्।
आईएफईएमको बोर्ड अफ डाइरेक्टर्सले उनलाई इमर्जेन्सी मेडिसिन प्य्राक्टिस कमिटीको उपाध्यक्ष  नियुक्त गरेको छ। यस भूमिकामा उनले आकस्मिक चिकित्सा क्षेत्रका १३ वटा विशेष चासो समूहहरूको समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछिन्। यो कार्यकाल दुई वर्षको हुनेछ र यस अवधिमा उनी विश्वका प्रमुख आकस्मिक चिकित्सा विशेषज्ञहरूसँग सहकार्य गर्दै विश्वव्यापी स्तरमा आकस्मिक चिकित्सा विकासमा योगदानमा पुर्याउनेछिन्।

मे २३ देखि २८ सम्म क्यानडामा आयोजित विश्वकै सबैभन्दा ठूलो आकस्मिक चिकित्सा सम्मेलनमा नेपालबाट आमन्त्रित मुख्य वक्ताको रूपमा समेत सहभागी भएकी थिइन्। सम्मेलनमा मुख्य वक्ताका रुपमा प्रस्तुत हुन पाउने उनी पहिलो नेपाली महिला चिकित्सक हुन्।

वक्तव्यका क्रममा विकासोन्मुख देशहरूमा आकस्मिक चिकित्साको परिभाषा र कार्यान्वयनका विषयमा प्रस्तुति दिएकी हुन्। जहाँ उनले हाम्रो जस्ता देशहरूमा आकस्मिक चिकित्सा क्षेत्रमा रहेका अवसरहरू र चुनौतीहरूबारे प्रकाशपारेकी थिइन्। उक्त सत्रमा उनीसँगै रवाण्डाबाट डा.  लाइज मम्पोरेजे र बेलिजबाट डा. येनिसे क्रुज सहभागी थिए। सत्रको सञ्चालन अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियन्स (एसीईपी) का पूर्व अध्यक्ष डा. आइशा टेरीले गरेकी थिइन् र क्यानेडियन एसोसिएसन अफ इमर्जेन्सी फिजिसियन्स का सम्मेलन अध्यक्ष डा. ब्रिटनी एलिसद्वारा स्वागत गरिएको थियो।
यो आकस्मिक चिकित्सा सम्बन्धी शिक्षा प्राप्त गर्ने, सञ्जाल विस्तार गर्ने र विश्वव्यापी सहकार्य सुदृढ गर्ने प्रमुख अन्तर्राष्ट्रिय सम्मेलन हो, जहाँ विश्वका ८० भन्दा बढी देशका करिब २००० प्रतिनिधिहरू सहभागी थिए। 

त्रिवि शिक्षण अस्पतालका कार्यरतको हिसाबले इमरजेन्सी मेडिसिनमा डिएम गरेकी एकमात्र महिला फिजिसियन उनी नै हुन्। 

सेन्ट जेभियर्सबाट आइएस्सीसम्म अध्ययन गरेकी शिल्पकारले पहिले आइओएममा माइक्रोबायोलोजीमा स्नातक गरिन्। त्यसपछि एमबीबीएस, एमडी र डिएम गरेकी हुन्। उनी चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को  आकस्मिक चिकित्सा विभागकी सह-प्राध्यापक छिन्। उनी नेप्लिज सोसाइटी अफ इमर्जेन्सी फिजिसियन्स (एनएसईपी) कार्यसमिति सदस्य छिन्।

 

इमरजेन्सी मेडिसिनमा समर्पित डा शिल्पकार,  जसले पाइन् अमेरिकामा अवार्ड

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट