२०८२ जेष्ठ २५ शनिबार
२०८२ जेष्ठ २५ शनिबार

नयाँ कोपाइलट प्लस पीसी सहित एसुसका एआई ल्यापटप नेपाली बजारमा

काठमाडौँ । एसुस नेपालले नेपाली बजारमा ‘कोपाइलट प्लस पीसी’ (Copilot+ PC) सिरिज विस्तार गरेको छ । कम्पनीले हालै एआई प्रविधिमा आधारित एसुस जेनबुक एस१६ (S16-UM5606KA) र २०२५ संस्करणका भिभोबुक १४ र १६ ल्यापटप भित्र्याएको हो ।

नयाँ जेनबुक एस१६ मा एमएमडी राइजेन एआई ३५० प्रोसेसर प्रयोग गरिएको छ । यसले ५० टीओपीएस एआई पर्फर्मेन्स दिने कम्पनीको भनाइ छ ।

१.१ सेन्टिमिटर पातलो यस ल्यापटपमा १६ इन्चको थ्रीके १२० हर्जको ओलेड डिस्प्ले, चिसो राख्न मिल्ने कुलिङ प्रणाली र सेराल्युमिनियमले बनेको लिड छ ।

एसुसका पछिल्ला भिभोबुक १४ र भिभोबुक १६ ल्यापटपमा इन्टेल कोर अल्ट्रा फाइभ (सिरिज टु) प्रोसेसर तथा इन्टिग्रेटेड एनपीयू (न्युरल प्रोसेसिङ युनिट) रहेको छ । यसले दैनिक एआई काम छिटो र सहज बनाउन सहयोग पुर्‍याउने कम्पनीले उल्लेख गरेको छ ।

भिभोबुक १४ र १६ मा क्रमशः १४ इन्च र १६ इन्चको फुल एचडी आईपीएस डिस्प्ले रहेको छ ।

नयाँ कोपाइलट प्लस ल्यापटपहरूले उच्च प्रदर्शन, लामो ब्याट्री लाइफ, सुरक्षा र सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले एआई-इनेबल्ड प्रविधिलाई थप प्रयोगकर्तामैत्री बनाउँदै नेपाली बजारमा डिजिटल रुपान्तरणलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।

एसुस जेनबुक एस१६ बारे थप बुझ्न यहाँ, भिभोबुक १४ बारे बुझ्न यहाँ र भिभोबुक १४ बारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ९:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट