२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन

काठमाडौं – स्पेन यूइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ । गएराति जर्मनीको एमएचपी एरिनमा दोस्रो सेमिफाइनलमा फ्रान्सलाई ५–४ ले पराजित गर्दै स्पेन फाइनल पुगेको हो । स्पेन अब उपाधिका लागि पोर्चुगलसँग भिड्ने छ । फाइनल आइतबार हुने छ । फ्रान्स र जर्मनीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

१७ वर्षीय फरवार्ड लामिन यमलले स्पेनका लागि २ गोल गरे । निको विलियम्सले २२औं र मिकेल मेरिनोकाले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–० ले शुरूआती अग्रता दिएका थिए । ५४ औं मिनेटमा यमलले पेनाल्टीमा गोल गरे । ५५औं मिनेटमा पेड्रीले विलियम्सको पासमा गोल गरेपछि ५९औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए । 

तर, यमलले ६७औं मिनेटमा आफ्नो दोस्रो र स्पेनको चौथो गोल गोल गरेपछि खेल लगभग सकिएजस्तो देखिएको थियो । तर, फ्रान्सका परिवर्तित खेलाडी रायान चेर्कीले आफ्नो अन्तर्राष्ट्रिय डेब्यूमा एमबाप्पेको पास समातेर शानदार गोल गरे ।

Ncell 2
Ncell 2

स्पेनी डिफेन्डर डानी भिभियनले ८४ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल थप रोचक बनेको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले खेललाई ५–४ को रोमाञ्चक अवस्थामा पुर्‍याए । तर फ्रान्सले बराबरी गोल गर्न नसकेपछि स्पेन फाइनलमा पुगेको हो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट