२०८२ जेष्ठ २४ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ २४ शुक्रबार

आईफोन १७ मा ४५ वाट क्षमताको म्यागसेफ चार्जर आउने संकेत

काठमाडौँ । एप्पलको आगामी आईफोन १७ सिरिजमा ४५ वाट क्षमताको म्यागसेफ चार्जर आउने संकेत देखिएको छ । ताइवानको सञ्चार आयोगको वेबसाइटमा सार्वजनिक सूचनामा आधारित रहँदै प्रविधिसम्बन्धी वेबसाइट ९१मोबाइल्सले यस्तो सम्भावना उल्लेख गरेको हो ।

ताइवानको नेसनल कम्युनिकेसन कमिसन (एनसीसी) को वेबसाइटमा एप्पलले तयार पारेको भनिएको दुई ओटा म्यागसेफ चार्जरको विवरण देखा परेको छ । ‘A3502’ र ‘A3503’ मोडेल नम्बर भएका ती चार्जरहरूमा १५ भोल्टमा ३ एम्पियर बराबरको ४५ वाट पावर आउटपुट दिइने उल्लेख छ ।

यी चार्जरहरू नयाँ ‘Qi2.2’ मापदण्डअनुसार तयार पारिएको हुनसक्ने अनुमान छ । यदि यिनै चार्जर आईफोन १७ सिरिजका लागि लक्षित गरिएका हुन् भने आईफोन १६ मा रहेको अधिकतम २५ वाट म्यागसेफ चार्जिङ क्षमताभन्दा दोब्बरभन्दा बढी हुनेछ ।

‘Qi2.2’ मापदण्ड हालसम्म आधिकारिक रूपमा सार्वजनिक नभए पनि यसले ५० वाटसम्मको वायरलेस चार्जिङ सपोर्ट गर्ने विश्लेषण गरिएको छ । एप्पल स्वयं वायरलेस पावर कन्सोर्टियमको सदस्य रहेकाले यस प्रविधिमा कम्पनीको महत्त्वपूर्ण भूमिका रहेको बताइन्छ ।

एप्पलले चार्जरको केबल एक मिटर र दुई मिटर लामो गरी दुई भेरियन्टमा उपलब्ध गराउने संकेत देखिएको छ । यी विवरणहरू वास्तविक भए आईफोन १७ सिरिजमा प्रविधिगत सुधार आउने विश्वास गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १९:४६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट