२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

पर्यटन विकासमा निजी क्षेत्रको लगानी आवश्यक छ: मन्त्री पाण्डे

अन्नपूर्ण (कास्की)। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन्।

पर्यटन व्यावसायी महिला संघ नेपाल (टेवान) पोखराको आज पोखरामा भएको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले निजी क्षेत्रको लगानीका कारण पर्यटन क्षेत्र समृद्ध हँुदै गएको बताए। पर्वतको कुश्मामा बञ्जीजम्प बनेपछि त्यहाँ दैनिक एक हजार व्यक्ति दैनिक अवलोकनका लागि पुग्ने गरेका उल्लेख गर्दै उनले भने, ‘कुश्मामा बञ्जीजम्प बन्नु अघि कसैले पनि हेर्दैनथे। अहिले एउटा बञ्जीजम्प र अरु संचरना बनेपछि उल्लेख्य सङ्ख्यामा पर्यटक त्यहाँ पुग्छन्। त्यसैले निजी क्षेत्र अग्रसर नभइकन पर्यटन क्षेत्र अगाडि बढ्न सक्दैन।’

लगानी गर्न चाहने निजी क्षेत्रलाई गलत नजरबाट नहेर्न मन्त्री पाण्डेले आग्रह गरे। ‘निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानीका लागि निम्तो दिनुपर्छ। हामीले केही कुरामा ध्यान भने दिनुपर्छ’, उनले भने, ‘सरकारले करछली नगर्ने कानुन बनाउनुपर्छ, निजी क्षेत्रले श्रमको शोषण गर्न पाइँदैन र उपभोक्तालाई अत्यधिक ठगी गर्न पाइदैन।’

कार्यक्रममा मन्त्री पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताए। यसको विकास र प्रवर्द्धनका लागि समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा उनको जोड थियो। उनले हिमालसँगै पर्यटकीय क्षेत्रको ब्रान्डिङ र प्रचारप्रसारका लागि नीतिगत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।


सामाग्री श्रोत :

पर्यटन विकासमा निजी क्षेत्रको लगानी आवश्यक छ: मन्त्री पाण्डे

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट