काठमाडौँ । नेपाली बजारमा सेरेस ब्रान्डका ५०० बढी विद्युतीय सवारी सञ्चालनमा आएका छन् । सेरेसको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू अटोमोबाइल्सले नेपाली सडकमा गुड्ने ईभी सङ्ख्याबारे जानकारी दिएको हो ।

कम्पनीका अनुसार तीन नयाँ मोडेल छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
हालै सेरेस ब्रान्डबारे बजारमा केही अफबाह फैलिएको भन्दै एमएडब्लू अटोमोबाइल्सले सेरेसको सेवा र कारोबार नियमित रूपमा चलिरहेको उल्लेख गरेको छ । ग्राहकको विश्वास र सेरेसप्रतिको सन्तुष्टि नै बजारमा सेरेसको मजबुत उपस्थिति पुष्टि गर्ने आधार बनेको कम्पनीको दाबी छ ।
“कम्पनीले बिक्रीपछिको सेवा सुदृढ बनाउन देशभर सेवा केन्द्रहरूको सञ्जाल विस्तार गरेको छ । यसले गर्दा मर्मत तथा सर्भिसको पहुँच झन् सहज र छिटो भएको छ । हाल सेरेस ईभीहरू १२२ चार्जिङ स्टेसनमार्फत सशक्त रूपमा सपोर्ट भइरहेका छन्,” कम्पनीले भनेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ २०:४२
सामाग्री श्रोत :
टेक पाना