२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

कम्प्युटरमा देखिने समस्या समाधान गर्न सघाउने ‘क्विक मसिन रिकभरी’ सेटिङ ल्याउँदै माइक्रोसफ्ट

काठमाडौँ । प्रयोगकर्ताको सहजतालाई मध्यनजर गर्दै माइक्रोसफ्टले विन्डोज रिकभरीका लागि छुट्‍टै डेडिकेटेड पेज प्रयोगमा ल्याउने भएको छ । कम्पनीले ‘क्विक मसिन रिकभरी’ (QMR) नामक फिचरका लागि विन्डोज सेटिङ सम्बन्धी छुट्‍टै पेजको परीक्षण थालेको हो । 

यसले  रिबुट गर्न नमिल्ने वा नहुने डिभाइसहरू सेटिङमार्फत सोझै रिसार्ट गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । सोमबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले यो नयाँ सेटिङको विषयमा जानकारी दिएको हो । 

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले विन्डोजको System अन्तर्गत Recovery अप्सनमा उपलब्ध Quick Machine Recovery सेटिङमा जानुपर्ने हुन्छ । यहाँबाट प्रयोगकर्ताले यो फिचर अन/अफ गर्न सक्नेछन् । साथै यो फिचर कति पटक वा कति समयको अन्तरालमा सक्रिय भएर समस्या खोज्ने र आवश्यक परेमा कम्प्युटरलाई रिस्टार्ट गर्ने भन्ने कुरा पनि सेट गर्न सकिनेछ ।

हाल यो फिचरको बेटा भर्सन विन्डोजन इन्साइडरहरूका लागि उपलब्ध छ । कम्पनीले चाँडै नै डेभलपरहरूलाई पनि परीक्षणका लागि उपलब्ध गराउने जानकारी दिएको छ । कम्पनीले यो फिचर पहिलो पटक गत वर्ष नोभेम्बरमा सार्वजनिक गरेको थियो । गत वर्षको जुलाई महिनामा क्राउडस्ट्राइक फाल्कन अपडेटमा आएको सुरक्षा कमजोरीका कारण सयौँ विन्डोज डिभाइसहरू रिबुट गर्न नमिल्ने समस्या आएको थियो । 

सोही समस्यालाई सम्बोधन गर्न कम्पनीले यो फिचरको व्यवस्था गरेको थियो । अहिले यसलाई नै परिष्कृत गर्दै नयाँ सेटिङ सहित नै उपलब्ध गराउन लागिएको हो ।  

यो फिचरको प्रयोगले आईटी एड्मिनहरूलाई प्रभावित प्रणालीहरूमा भौतिक रूपमा नपुगिकनै विन्डोज अपडेट मार्फत समस्या पहिचान गरी बुट समस्या समाधान गर्न सघाउनेछ । यो फिचर इनेबल हुँदा पनि विन्डोज ११ कुनै नयाँ ड्राइभर वा सेटिङ परिवर्तनका कारण सुरु हुन नसकेमा Windows Recovery Environment (WinRE) मा बुट हुनेछ र Quick Machine Recovery Tool सुरु हुनेछ ।

त्यसपछि क्यूएमआर इन्टरनेटसँग जडान हुन्छ । अनि त्यसले क्र्याश डेटा माइक्रोसफ्टमा पठाउँछ र माइक्रोसफ्टले उक्त डेटाको आधारमा टाढैबाट समस्याग्रस्त ड्राइभर वा अपडेट हटाउने र आवश्यक सेटिङहरू परिवर्तन गरेर समस्या समाधान गर्न सक्छ ।

माइक्रोसफ्टका अनुसार यो फिचर विन्डोज ११ मा डिफल्ट रूपमा इनेबल भएको हुनेछ । यस बाहेक इन्टरप्राइज ग्राहकहरूले भने आईटी एड्मिन मार्फत कस्टमाइज गरेर प्रयोग गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १३:२४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट