२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

१० लाख रुपैयाँले घट्यो ‘जिकर एक्स’ को मूल्य

काठमाडौँ । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले, कम्प्याक्ट लग्जरी एसयूभि ‘जिकर एक्स’ को मूल्य घटाएको छ । यसअघि ८४ लाख ९९ हजार रुपैयाँ मूल्यमा बिक्री भइरहेको जिकर एक्सको मूल्य घटाएर कम्पनीले नयाँ मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । 

कम्पनीले ‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नारा सहित गाडीको मूल्यमा आएको परिवर्तनको विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्  भने एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट, र निःशुल्क ७ किलोवाट चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन् ।

जिकर एक्स २०० किलोवाट मोटर प्रयोग गरिएको छ, जसको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ । जिकर एक्स, जिकर ००१ र जिकर सेभेन-एक्स जस्तै ‘एसइए’ प्लेटफर्ममा आधारित छ । जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ । साथै ग्रिन एनक्यापबाट फाइभ स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको कम्पनीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १०:२९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट