२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

डिजिटल माध्यमबाट उत्कृष्ट सेवा गरेको भन्दै नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’

काठमाडौँ । नेपालको नबिल बैंकलाई एसिया-प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।

विश्वप्रसिद्ध फाइनान्सियल ग्रुप अन्तर्गतको ‘The Banker’ पत्रिकाले प्रविधिमैत्री सोच, दृष्टिकोण तथा ग्राहक अनुभवमा ल्याइएको डिजिटल क्रान्तिलाई मूल्यांकन गर्दै उक्त पुरस्कार नबिल बैंकलाई प्रदान गरेको हो ।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भने, “यो अवार्डले बैंकको सेवा प्रवाहलाई अझ प्रविधिमैत्री र ग्राहकमैत्री बनाउने प्रेरणा दिएको छ ।”

उनका अनुसार नबिल बैंकले स्थापना कालदेखि नै प्रविधिलाई प्राथमिकतामा राख्दै बैंकिङ सेवामा निरन्तर नवप्रवर्तन गर्दै आएको छ । “हामीले प्रविधिको प्रयोगमार्फत नयाँ आयाम थप्दै ग्राहकलाई सहज र सुलभ सेवा दिँदै आएका छौँ,” ज्ञवालीले भने ।

हालैका वर्षहरूमा नबिल बैंकले डिजिटल सेवालाई विशेष प्राथमिकता दिँदै दिगोपनामा पनि जोड दिएको छ । कागजी प्रक्रिया घटाउँदै डिजिटल माध्यमबाट छरितो, पारदर्शी र पहुँचयोग्य सेवा प्रवाहमा बैंकको प्रयासलाई नै उच्च मूल्यांकन गर्दै यो अवार्ड प्रदान गरिएको हो ।

ज्ञवालीका भने, “हामीले प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर रूपान्तरणमुखी रणनीति अपनाएका छौँ । आर्टिफिसियल इन्टेलिजेन्स, डेटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा उल्लेख्य सुधार गरिरहेका छौँ ।”

सन् १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालमा पहिलोपटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली सुरु गर्दै डिजिटल बैंकिङको बीउ रोपेको थियो । त्यसयता नेपालकै पहिलो ओपन बैंकिङ इनिसिएटिभदेखि लिएर निरन्तर रूपमा प्रविधिमैत्री नवप्रवर्तन गर्दै आएको बैंकले आफ्नो छुट्टै पहिचान बनाएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ ७:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट